रौनक यादव /मधेस। महोत्तरी जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तु जैसवालले एक पीडितलाई धम्कीपूर्ण भाषा प्रयोग गर्दै “सुलह गर, नभए थुनिदिन्छु” भनेको प्रमाणसहितको सनसनीपूर्ण खुलासा भएको छ।
सुरक्षित प्रमाण अनुसार,
१ . पीडितले प्रहरी कार्यालयमै प्रत्यक्ष रूपमा डीएसपी जैसवालबाट धम्की सुनेको दाबी गरेका छन्।
२ . पीडितलाई जनकपुरबाट प्रहरीले नियन्त्रणमा लिएर लगेपछि फोनमार्फत भएको कुराकानीको रेकर्ड सुरक्षित रहेको छ।
के भने डीएसपी जैसवालले?
पीडितका अनुसार, डीएसपी जैसवालले प्रत्यक्ष रूपमा भने:
“तिमी सुलह गर्छौ कि गर्दैनौ? यदि गर्दैनौ भने थुनिदिन्छु!” यो घटना बाहिरिएपछि प्रहरी प्रशासनको निष्पक्षता र आचरणमाथि गम्भीर प्रश्न उठेको छ। यदि प्रमाणसहित प्रहरी अधिकारीहरूले कानूनी प्रक्रिया मिच्दै धम्की दिएको पुष्टि भएमा, यो शक्ति दुरुपयोग र मानव अधिकार उल्लंघन को गम्भीर विषय बन्न सक्छ। प्रहरी प्रशासनबाट अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया आइसकेको छैन। तर, प्रमाणका आधारमा उच्च निकायले तत्काल छानबिन गरी सत्य तथ्य बाहिर ल्याउनु आवश्यक छ।

















Discussion about this post