गिरिजानन्द साह/जनकपुरधाम/माघ १३ गते। जनकपुर जेसीजका सक्रिय सदस्य मनोहर ठाकुरलाई बेस्ट प्रोजेक्ट डाइरेक्टर अवार्ड प्रदान गरिएको छ। जनकपुर जेसीजको ४९ औ पदस्थापन र पुरस्कार समारोहमा ठाकुरलाई यो सम्मान प्रदान गरिएको हो।
जनकपुरधाम ४ स्थित जनकपुर जेसीजको सचिवालयको हलमा जनकपुर जेसीज वर्ष २०२४ का यातोस सहको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य मननीय जुली महतोको प्रमुख आतिथ्यतामा पदस्थापन समारोह हिजो शनिवार सम्पन्न भएको छ ।
मनोहर ठाकुरले समाजसेवा र नेतृत्वद्वारा विभिन्न परियोजनाहरूलाई सफलतापूर्वक सम्पन्न गर्दै आएका छन्। उनले जनकपुर जेसीजमार्फत शिक्षा, स्वास्थ्य, र सामुदायिक विकास जस्ता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका छन्।
अवार्ड ग्रहण गर्दै ठाकुरले सबै सदस्यहरूको सहयोग र सामूहिक प्रयासले मात्र यो सम्भव भएको बताए। उनले आगामी दिनमा अझ प्रभावकारी परियोजना सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
यो सम्मानले जनकपुर जेसीजको प्रतिष्ठा वृद्धि गर्नुका साथै स्थानीय नेतृत्वको क्षमतालाई थप उचाइमा पुर्याउने विश्वास गरिएको छ।

















Discussion about this post