गिरिजानन्द साह/जनकपुरधाम/मंसिर १६ गते । सजिलो बचत तथा ऋण सहकारी संस्थाको ११औँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। सभाको उद्घाटन प्रमुख अतिथि श्री जनता नमूना मा.वि. गिद्धा-बेलापट्टीका प्रधान अध्यापक पावन मंडलले गरेका थिए।
कार्यक्रममा संस्थाका अध्यक्ष ज्ञानचन शर्माले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले चालु आर्थिक वर्षमा गरेको प्रगति र आगामी वर्षका योजना बारे जानकारी गराए। उनले सहकारीको आर्थिक स्थिति मजबुत बनाउनका लागि सदस्यहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए।
साधारण सभामा संस्थाका लेखा समिति प्रमुख राम बृक्ष साहले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदन अनुसार यस आर्थिक वर्षमा संस्थाले लाभ हासिल गरेको छ। साथै, आगामी योजनामा डिजिटल प्रणालीमार्फत सेवा प्रभावकारी बनाउने र सदस्य संख्या विस्तार गर्ने लक्ष्य लिइएको जानकारी गराइयो।
कार्यक्रममा सहकारी क्षेत्रका विज्ञ तथा सदस्यहरूले संस्थाको कार्यप्रति प्रशंसा गर्दै थप सुधार र नवीनताका लागि सुझाव दिए।

सभामा सहकारीका सदस्यहरूको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रममा उत्कृष्ट योगदान दिने सदस्यहरूलाई सम्मानसमेत गरिएको थियो। अन्त्यमा, अध्यक्षले साधारण सभामा सहभागी सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए।
























Discussion about this post