nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मिडिया काउन्सिललगायतका विधेयक पारित गर्ने तयारीमा छौँ : मन्त्री गुरुङ

गिरिजानन्द साह गिरिजानन्द साह
मंसिर ११, २०८१, ८:५० मध्यान्ह
मिडिया काउन्सिललगायतका विधेयक पारित गर्ने तयारीमा छौँ : मन्त्री गुरुङ

मङ्सिर ११ गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले आगामी हिउँदे अधिवेशनमा मिडिया काउन्सिल विधेयकलगायतका विभिन्न विधेयकलाई पारित गर्ने गरी छलफल अघि बढाएको बताउनुभएको छ ।

मङ्गलबार काभ्रेपलान्चोकबाट सञ्चालित मदानी बिट डटकमको प्रथम वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री गुरुङले सञ्चार माध्यमहरूको नियमनलाई व्यवस्थित बनाउनका लागि मिडिया काउन्सिल विधेयक, सामाजिक सञ्जाल प्रयोग, सञ्चालन र नियमन विधेयक र साइबर सेक्युरिटी क्राइमसम्बन्धी ऐन ल्याउन लागेको बताउनुभएको हो ।

मन्त्री गुरुङले प्रेस काउन्सिलमार्फत सञ्चारमाध्यमहरूको नियमन भइरहे पनि त्यो अपर्याप्त भएकोले मिडिया काउन्सिललाई स्वायत्त संस्थाको रूपमा विकास गर्नका लागि मिडिया काउन्सिल विधेयक ल्याउन लागिएको बताउनुभयो । उहाँले मिडिया काउन्सिल विधेयक संसदीय समितिमा छलफलमा रहेकोले आउने हिउँदे अधिवेशनमा पास गर्ने तयारी भइरहेको बताउनुभयो । उहाँले मिडिया विधेयकसँगे सामाजिक सञ्जाल प्रयोग, सञ्चालन, नियमन र साइबर सेक्युरिटी क्राइमसम्बन्धी ऐन समेत हिउँदे अधिवेशनबाट पास गर्ने गरी छलफल भइरहेको बताउनुभयो ।

उहाँले वर्तमान सरकारले ठुलो परिवर्तन भएको देखिने गरी कुनै काम नगरेको बताउँदै पुराना बिग्रेका साना-साना कुराहरूलाई सुधार गर्नेतर्फ सरकारले काम अघि बढाएको बताउनुभयो । “सरकारले देखिने गरी केही काम गरेको छैन, विगतमा भएका गल्तीहरूलाई सुधार गर्न लागेको छ, अहिले वन ऐन परिवर्तन गर्नुपर्ने आवश्यक छ, वन ऐनका कारण एउटा इआइए रिपोर्ट नभएका कारण एउटा रुख काट्न वर्षौँ कुर्नुपर्ने अवस्था छ, सार्वजनिक खरिद ऐनका कारण पूर्वाधार निर्माणको काम गर्न समस्या छ, समयानुकूल वन ऐन, सार्वजनिक खरिद ऐन, भूमि ऐन परिवर्तन गर्नुपर्नेछ, यसतर्फ सरकारको ध्यान गएको छ” मन्त्री गुरुङले थप्नुभयो ।

उहाँले विभिन्न ऐन, कानुनका कारणले मन्त्रालयहरुबिच समन्वय नभएका कारण काम गर्न समस्या भएकोले सरकारले यी कार्यालयहरूबिच समन्वय गराउन, सरकारले अघि बढाएको काममा एकीकृत गराउनका लागि ऐन, नियमहरू समयानुकूल परिवर्तन गर्न लागेको बताउनुभयो । उहाँले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणमा बिआरआई परियोजनालाई ऋणको रूपमा सम्झौता नगर्ने स्पष्ट पार्नुभयो । “बिआरआई परियोजनालाई ऋणको रूपमा नेपाल सरकारले ग्रहण गर्दैन, भ्रमणमा अनुदानका कार्यक्रम सम्झौता हुन्छ ऋणसम्बन्धी सम्झौता हुँदैन, अहिलेको सरकारले जहाँ पायो त्यहाँ ऋण पायो भनेर हात थाप्ने पक्षमा छैनौ,” सरकारका प्रवक्ता गुरुङले भन्नुभयो ।

Tags: राष्ट्रिय खबर

Discussion about this post

Related Posts

कानून दिवसको अवसरमा उच्च अदालत जनकपुरद्वारा ‘न्यायिक महोत्सव’ आयोजना गरिने

कानून दिवसको अवसरमा उच्च अदालत जनकपुरद्वारा ‘न्यायिक महोत्सव’ आयोजना गरिने

भरतपुरमा फोहोरमैला व्यवस्थापन नीतिनिर्माणलाई पहिलो प्राथमिकता

भरतपुरमा फोहोरमैला व्यवस्थापन नीतिनिर्माणलाई पहिलो प्राथमिकता

मानव अधिकार रक्षकको अवस्था तथा सवाल र सरोकारवालाहरूको भुमिका विषयक छलफल कार्यक्रम जनकपुरधाममा सम्पन्न

मानव अधिकार रक्षकको अवस्था तथा सवाल र सरोकारवालाहरूको भुमिका विषयक छलफल कार्यक्रम जनकपुरधाममा सम्पन्न

सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन

सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन

प्रधानमन्त्री शाहको स्वास्थ्य सल्लाहकारमा प्रा.डा अग्रवाल

प्रधानमन्त्री शाहको स्वास्थ्य सल्लाहकारमा प्रा.डा अग्रवाल

क्रिकेटर आरिफ शेख सहायक हवल्दारमा बढुवा

क्रिकेटर आरिफ शेख सहायक हवल्दारमा बढुवा

कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने

कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने

निर्माण व्यवसायी सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प

निर्माण व्यवसायी सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प

सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने

सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने

जनकपुरधाममा २ अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सुरु

जनकपुरधाममा २ अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सुरु

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!