nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्व निर्देशक र कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी

गिरिजानन्द साह गिरिजानन्द साह
मंसिर ११, २०८१, ११:०५ बिहान
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्व निर्देशक र कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी

जनकपुरधाम/धनुषा ११ गते। बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वनिर्देशक बलराम ठाकुर ठगी प्रकरणमा मुछिएका छन् । ठाकुरसहित अरु तीनजना कर्मचारीविरुद्ध सरकारी छाप र दस्तखत किर्ते गरी ३० लाख रुपैयाँ ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा धनुषामा जाहेरी परेपछि पक्राउ पुर्जी जारी भएको छ ।

आरोपित ठाकुरसँगै परिषद्का अन्य तीनजना कर्मचारी पनि सरकारी छाप र दस्तखत किर्ते गरी ३० लाख ठगी गरेको प्रकरणमा मुछिएका छन् । ठगी प्रकरणमा मुछिनेहरूमा ठाकुरसहित परिषद्का लेखापाल सावित्री गिरी, प्रशासान प्रमुख जितेन्द्रकुमार यादव र जिन्सी शाखा प्रमुख मदनकुमार चौधरीविरुद्ध जाहेरी आएको धनुषा प्रहरीका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता बरुणबहादुर सिंहले गरेका छन् ।

जाहोरी दर्ता भएपछि धनुषा जिल्ला अदालतले उनीहरू सबैजनाविरुद्ध पक्राउ गरी अनुसन्धान गर्न आदेशसमेत दिइसकेको सिंहले जानकारी दिए । ‘ जाहेरी दर्ता भएपछि अदालतले पक्राउ गर्न आदेशसमेत दिइसकेकाले चाँडै सबै जनालाई पक्राउ गर्छौ ।’ विभिन्न मिति देखाउँदै हुँदै नभएको गाडी भाडावापत २०७६ असार ३१ गते किर्ते सम्झौता पत्र र कार्यदेश तयार गरि महोत्तरी जिल्ला एकडारा गाउँपालिका बस्ने मुकेश यादवको नाममा ३० लाख रुपैयाँ निकासा गरेको थियो ।

रकम निकासाको जानकारी यादवले पछि मात्रै थाहा पाएका थिए । आफ्नो नाममा किर्ते गरेर रकम निकासाको थाहा पाएपछि यादवले प्रहरीमा जाहेरी दिएका थिए । आफ्नो दस्तखतसमेत किर्ते गरी भएको भ्रष्टाचार प्रकरणमा यादवले प्रमाणसहित प्रहरीमा जाहेरी दिएका थिए । यादवले दिएको जाहेरीअनु्सार उनले आफ्नो नामको निवेदनसमेत परिषद्का कर्मचारीले बनाएको बताएका छन् ।

यादवले आफूले रकम बुझेको गोश्वारा भौचर, आफ्नो नाममा बनाएको चेक नं. ३६४२४९४१, पेश्की फर्छ्यौटको लागि दिएको निवेदन पत्रसमेतमा कर्मचारीहरूले दस्तखत किर्ते गरी हिनामिना गरेको बताए । तत्कालीन समयमा आफ्नो नाममा हुँदै नभएको महिन्द्रा कम्पनीको डिजेलबाट चल्ने स्कार्पियो चार चक्के गाडी सिलिन्डर ४ : २१७९ हर्ष पावर सी.सी.एम.ए आइ.टी.ए.जे एक्स ९२ एच २४१२३ इन्जिन नं. क्युएम् यु१४एच२४१२३ सिट क्षमता–८ प्रयोग गरेको कागजपत्र परिषद्का पदाधिकारी र कर्मचारीले बनाएर रकम हिनामिना गरेको ब्यहोरा यादवले दिएको जाहेरीमा उल्लेख छ ।

त्यसैगरी निजी प्रयोगमा रहेको बा. १६ च. ६४७ नं. प्राइभेट जिप आफ्नो नाममा नरहेको अवस्थामा पनि सरकारी छाप, दस्तखत, किर्ते गरी सहमति भएको देखाई विभिन्न कागजात तयार गरेर २०७६ असोज ७ गतेको गोश्वारा भौचार नं. २६ बाट मर्मतको लागि पेश्की १० लाख रुपैयाँ प्राप्त गरेको देखाएर हिनामिना गरिएको विवरण यादवले जाहेरीमा समावेश गरेका छन् ।

१० लाख रुपैयाँ प्राप्त गरेको देखाएपछि फेरि अर्को दस्तखतसमेत किर्ते गरी बाँकी रकमको एउटा निवेदनको मिति केरमेट गरिएको २०७७ असार ३० गतेको को दर्ता नं. समेत प्रष्ट नबुझिएको निवेदनसमेतमा बाँकी रकम दिने भनि तत्कालीन कार्यकारी निर्देशक निर्देशकले आर्थिक प्रशासन शाखाको नाममा तोक आदेश गरिएको व्यहोरा जाहेरीमा उल्लेख गरिएको छ । कार्यकारी निर्देशक ठाकुरले आफ्नो दस्तखतसमेत गरी निवेदनको पुछारमा निवेदक मुकेश यादव जनकपुर लेखेर निवेदन पत्रमा उल्लेखित मितिसमेत केरमेट गरी त्यसको मुनि एकडारा– ८ उल्लेख गरी आफ्नो कीर्ते दस्तखत गराई सरकारी रकम निकासा गरी गरेको भेटिएको जाहेरीमा उल्लेख गरिएको छ ।

हिनामिनाका क्रममा यादवको नामबाट किर्ते दस्तखत गरी गराई ठाकु्रले एक वर्षको भाडा दैनिक ५ हजार रुपैयाँका दरले लिएको, डिजेल, मोबिल, चालकको खर्चसमेत बुझ्ने गरेको जिकिर यादवले जाहेरीमा गरेका छन् । आफ्नो नाममा सरकारी छाप र दस्तखत किर्ते गरेर सरकारी रकम मासी विपक्षीहरूले थप रकम बुझी लाभ प्राप्त गरेकाले यस हिनामिना प्रकरणमा उनीहरूमाथि कारबाही हुनुपर्ने यादवको भनाइ छ ।

यता वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा केही वर्षयता अध्यक्ष शीतल साह, कार्यकारी निर्देशक र कर्मचारीहरूबीचको मनमुनाटवले कार्यालयको दैनिक कामकाज प्रभावित हुँदै आएको छ । परिषद्का अध्यक्ष साह र कर्मचारीहरूको मनमुनाटवले कार्यालयको कामकाजमै समस्या आएको छ । अध्यक्ष साहले परिषद्को काम कर्तव्य र अधिकार बाहिर गएर राजनीति गर्न चाहेको कर्मचारीहरूको आरोप छ । पटक पटक कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापामारी विभिन्न कागजातहरु नियन्त्रणमा लिँदै आएको छ ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

जनकपुरधाममा ‘जनकपुरिया डान्डिया एण्ड झिझिया नाइट २०८३’ हुँदै, टिकट बुकिङ खुला

जनकपुरधाममा ‘जनकपुरिया डान्डिया एण्ड झिझिया नाइट २०८३’ हुँदै, टिकट बुकिङ खुला

दशैंमा वयस्क मानिसले दैनिक २५० ग्रामसम्म मासु खाए भइन्छ स्वस्थ

दशैंमा वयस्क मानिसले दैनिक २५० ग्रामसम्म मासु खाए भइन्छ स्वस्थ

कांग्रेसका नवनिर्वाचित सभापति थापाको शपथग्रहण आज

कांग्रेसका नवनिर्वाचित सभापति थापाको शपथग्रहण आज

आज नवरात्रको सातौँ दिन माता कालरात्रीको पूजा तथा आराधना गरिँदै,यस्तो छ माता कालरात्रीको मन्त्र र स्तुति

आज नवरात्रको सातौँ दिन, कालरात्रीको पूजा-आराधना गरिँदै

सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

प्रहरी समायोजनका लागि सङ्घ सरकारलाई दबाब दिन्छौँ : मुख्यमन्त्री यादव

प्रहरी समायोजनका लागि सङ्घ सरकारलाई दबाब दिन्छौँ : मुख्यमन्त्री यादव

मधेश सरकारबाट बाहिरियो एमाले, चार मन्त्रीद्वारा राजीनामा

मधेश सरकारबाट बाहिरियो एमाले, चार मन्त्रीद्वारा राजीनामा

जनकपुरधाममा खुल्यो भारतीय जिलियो ब्रान्डको इलेक्ट्रिक स्कुटर शोरुम

जनकपुरधाममा खुल्यो भारतीय जिलियो ब्रान्डको इलेक्ट्रिक स्कुटर शोरुम

जनकपुरधाममा आज झिझिया महोत्सव हुँदै, विभिन्न सांस्कृतिक समूहले प्रस्तुति दिने

जनकपुरधाममा आज झिझिया महोत्सव हुँदै, विभिन्न सांस्कृतिक समूहले प्रस्तुति दिने

तिथि क्षयका कारण आजै कात्यायनी देवीको पनि उपासना गरिँदै

नवरात्रको छैटौं दिन, माता कात्यायनीको पूजाआराधना गरिदैँ

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि