गिरिजानन्द साह/मङ्सिर ८ गते। कम्प्युटर एशोसिएसन नेपाल महासंघ धनुषा जिल्लाको ११औं साधारण सभा तथा छैंठौं जिल्ला अधिवेशन जनकपुरधामको कुम्भकार कुट्टिमा सफलतापूर्वक सम्पन्न भएको छ। यस अवसरमा नयाँ कार्यसमितिको चयन गरिएको छ, जसले संघको नेतृत्वलाई थप सशक्त बनाउनको लागि कदम चाल्ने निर्णय गरेको छ।
नवगठित कार्यसमितिमा विनय साहलाई अध्यक्ष चयन गरिएको छ भने उपाध्यक्षको पदमा चन्दा कुमारी साह चयन भएकी छिन्। समितिको सचीवको भूमिकामा विमलेश कुमार झा, स-सचीवमा दिनेश कुमार साह, र कोषाध्यक्षमा शत्रुधन प्रसाद साह चयन भएका छन्। साथै, सदस्यतर्फ रविन्द्र प्रसाद साह, अशोक कुमार ठाकुरसहित सात सदस्यीय कार्यसमिति गठन गरिएको छ।
साधारण सभामा संघको आगामी रणनीतिका बारेमा छलफल भएको छ, जसमा प्रविधिको प्रवर्द्धन र डिजिटल साक्षरतामा योगदान पुर्याउने उद्देश्यलाई प्राथमिकता दिने निर्णय गरिएको छ। कार्यक्रमको दौरान विभिन्न स्थानीय व्यवसायी, संघका सदस्य र सरोकारवालाहरूको उपस्थिती रहेको थियो।

Discussion about this post