nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

विवाहपञ्चमीमा जन्ती स्वागतको तयारी गर्दै स्थानीय तह

गिरिजानन्द साह गिरिजानन्द साह
मंसिर ६, २०८१, ९:१० मध्यान्ह
आज जानकी नवमी मनाइँदै,मधेश प्रदेशमा आज सार्वजनिक बिदा

जनकपुरधाम/मङ्सिर ६ गते । मधेशको मिथिलाञ्चल क्षेत्रमा मनाइने सांस्कृतिक पर्व विवाहपञ्चमी (रामजानकी विवाह) महोत्सवको महोत्तरीमा तयारी थालिएको छ । विवाहपञ्चमीमा भारतको अयोध्याबाट आउने जन्तीको स्वागतका लागि महोत्तरीमा तयारी थालिएको हो । जन्ती नेपाल प्रवेश गर्ने नाका महोत्तरीको मटिहानी र भिठ्ठामोर हुन् । अहिले जिल्लाका मटिहानी, जलेश्वर र पिपरामा जन्तीको स्वागतका लागि आवश्यक तयारी भइरहेको छ ।

यस वर्ष विवाहपञ्चमी महोत्सवमा जन्ती बोलाउने श्रीरामको तिलकोत्सवको कार्यक्रम जनकपुरधामबाट गएको टोलीले भारतको अयोध्यामा सम्पन्न गरेको छ । मधेशका मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको टोलीले गत सोमबार अयोध्यामा जन्ती आउने जानकी मन्दिरको निमन्त्रणापत्र अयोध्यास्थित श्रीराम ट्रष्टका सचिव चम्पत रायलाई हस्तान्तरण गरिसकेको छ ।

साथै मुख्यमन्त्री सिंह नेतृत्वको टोलीले एक धार्मिक समारोहबीच सोही दिन श्रीरामको तिलकोत्सव पनि सम्पन्न गरेको छ । तिलकोत्सवमा दुलहीपक्षले दुलहालाई वस्त्रआभूषण, शृङ्गार प्रसाधन सामग्री र फलफूलसहित मिष्ठान्न परिकारका साथ पूजन (वरण) गर्ने मैथिल परम्परा छ । यो पारम्परिक विधि सम्पन्न भएसँगै अब मिथिलामा औपचारिक रुपमा विवाहपञ्चमी महोत्सव सुरु भएको छ ।

मैथिल परम्परामा मङ्सिर सघन रुपमा विवाहसम्बन्ध जोड्ने उपयुक्त महिना मानिन्छ । कैयन हासपरिहासका रमाइला विधिले सम्पन्न गरिने हिन्दू मैथिल परम्पराको विवाह आफैँमा उत्सव रहेको जानकारहरु बताउँछन् । यसमा आराध्य देव श्रीराम र मिथिलापुत्री जानकीको विवाह भएको महिना मङ्सिर भएकाले मैथिलका लागि यो महिना पहिलेदेखि विशेष उत्सवको रुपमा रहँदै आएको छ ।

अहिले यही विवाह महोत्सवका लागि महोत्तरीका मटिहानी र जलेश्वर नगरपालिका तथा पिपरा गाउँपालिकाले जन्तीको स्वागत, खानपान र आवाससहितको प्रबन्धका लागि तयारी थालेका छन् । मङ्सिर शुक्लपञ्चमीका दिन मनाइने रामजानकीको विवाह महोत्सवको मुख्य विवाहको विधि भने यसपालि मङ्सिर २१ गते शुक्रबार परेको छ ।

अयोध्याबाट आउने जन्तीको नेपाल प्रवेशद्वार जिल्लाको भिठ्ठामोर र मटिहानी नाका भएकाले जन्तीको स्वागत, सत्कारका लागि आवश्यक तयारी सुरु गरिएको मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलले बताए । श्रीराम जानकीको विवाहमा यज्ञवेदी बनाइने माटो मटिहानीको लक्ष्मीसागरमा खनिएको जनविश्वाससहित जिल्लामा महोत्सवको विशेष तयारी हुने गरेको उनले उल्लेख गरे ।

रामजानकी विवाह महोत्सवको मुख्य पक्ष जनकपुरस्थित राममन्दिर र जानकी मन्दिर रहँदै आएका छन् । विभिन्न विधिसाथ सप्ताहव्यापी रुपमा मनाइने यो महोत्सवका लागि यसपालि पाँच वर्षपछि खास अवसर बनेको छ । “प्रत्येक पाँच÷पाँच वर्षको महोत्सवमा भारतको अयोध्याबाट जन्ती आउने परम्परा छ । यसपाली जन्ती आउने पालो परेकाले यसको तयारी तीव्र पारिएको हो”, नगरप्रमुख मण्डलले भने ।

अयोध्याबाट आउने जन्ती मटिहानीमा एक बास बसेर जलेश्वर हुँदै जिल्लाको पिपरा गाउँपालिकालाई छिचोल्दै जनकपुर जाने चलन छ । यसअनुसार अहिले जन्तीको बास हुने र बाटोमा पर्ने महोत्तरीका स्थानीयतहले स्वागत, सत्कार, खानपान तथा आवासको उचित प्रबन्धको तयारी सुरु गरेका नगरप्रमुख मण्डलले जानकारी दिए । यो तयारीसँगै यी ठाउँमा अहिलेदेखि नै रामसीताका विवाहसम्बन्धका कथा र भाव समेटिएका गीत गुञ्जदैछन् । सबैतिर महोत्सवको उल्लास छाएको छ ।

“जन्ती यही मङ्सिर १७ गते सोमबार मटिहानी आइपुग्ने तालिका बनेको छ, हामी त्यसअनुसार तयारीमा जुटिसकेका छौंँ”, मटिहानी नगरप्रमुख मण्डलले भने, “त्यसै पनि मिथिलामा हुने विवाहमा जन्तीको स्वागत विशिष्ट तवरले गरिने चलन छ । यो श्रीराम र जानकीको विवाहका जन्ती हुन्, हामीले कुनै कमी हुन नदिने गरी तयारी थालेका छौँ ।” उनका अनुसार यसका लागि मटिहानी, जलेश्वर र पिपराका जनप्रतिनिधि, धार्मिक तथा सामाजिक सङ्घ संस्थाका प्रतिनिधि र साधुसन्तबीच आवश्यक तयारीको प्रबन्धबारे सघन छलफलसमेत भइरहेका छ ।

यस वर्ष अयोध्याबाट पाँच सयको सङ्ख्यामा त्यहाँस्थित श्रीराम ट्रष्टका सचिव चम्पत रायको नेतृत्वमा जन्ती आउने कार्यक्रम तय भएको नगरप्रमुख मण्डलले जानकारी दिए । विशिष्ट अतिथिका लागि स्वागत सत्कारसँगै भोजन र आवासको प्रबन्ध गरिने उनले स्पष्ट पारे । जन्ती भोलिपल्ट अर्थात् मङ्सिर १८ गते मटिहानीबाट जनकपुरका लागि प्रस्थान गर्नेछन् ।

यस क्रममा जलेश्वरस्थित श्री जलेश्वरनाथ महादेवको दर्शन गराइ उनीहरुलाई खाजा चिया ख्वाइने कार्यक्रम बनेको छ । यसको तयारीमा जलेश्वर नगरपालिका जुटेको छ । “हामीले जन्तीका लागि महोत्तरीको बाटो सधैंँ सम्झनयोग्य बनाउने तयारी गरेका छौँं”, जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले भने, “जिल्लाका सम्बद्ध तीनवटै स्थानीयतह (मटिहानी, जलेश्वर र पिपरा)बीच अहिलेदेखि काम र जिम्मेवारी छुट्याएर तयारी थालेका छौँ, तीनै ठाउँका जनप्रतिनिधिबीच आपसी समन्वय भइरहेकाले यस वर्ष पनि अयोध्याबाट आउने जन्तीका लागि विशेष बनाउँछौँ ।”

जलेश्वरबाट अघि बढेपछि जन्तीको दिवा भोजन र त्यसपछिको विश्राम पिपरामा हुनेछ । पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले यस कार्यमा सम्पूर्ण पिपरावासी तयारीमा जुटेका बताए । पिपरावासी विशिष्ट अतिथिको स्वागतको पर्खाइमा रहेका उनको भनाइ छ ।

मटिहानी, जलेश्वर र पिपरासहितका तीनै स्थानीयतहमा जन्तीको स्वागत तयारीमा आम सर्वसाधारण सरिक हुँदैछन् । सप्ताहव्यापी विवाह महोत्सवमा मटिहानी, जलेश्वर र पिपरा हुँदै अयोध्याबाट आएका जन्ती जनकपुर पुगेपछि ती जानकी मन्दिरका अतिथि हुन्छन् । जनकपुर बसाइँको सबै प्रबन्ध जानकी मन्दिर व्यवस्थापनले जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले बताए । महोत्सवमा कुनै त्रुटि हुन नदिन सचेतता अपनाइने उनले उल्लेख गरे ।

सप्ताहव्यापी रामजानकी विवाह महोत्सवमा सात दिनका फरक–फरक विधि हुन्छन् । गुरु विश्वामित्रसँग भाइ लक्ष्मणका साथ श्रीराम जनकपुर प्रवेश गरेको पहिलो दिनलाई जनकपुर नगर दर्शनका रुपमा उत्सव मनाइन्छ । यसैगरी श्रीराम र जानकीको फुलबारीमा जम्काभेट भएको दिनलाई फूलबारीलीला, त्यसपछि धनुषयज्ञ, स्वयम्बर, तिलकोत्सव, मटकोर, शुभविवाह र रामकलेवाका विधि छन् ।

मटकोर विवाहमण्डप बनाइएर विवाहअघि कूलदेवताको पूजा गरिने र अन्तिम दिनको रामकलेवा जन्तीलाई बिदाइ गरिने परम्परासँग जोडिएका विधि हुन् । यस महोत्सवमा जनकपुरस्थित श्रीराम मन्दिरका महन्थ दुलहाका पिता राजा दशरथको र जानकी मन्दिरका महन्थ राजा जनकको भूमिकामा हुन्छन् । दुवै सम्धीबीच मैथिल परम्पराको हाँसख्याल ठट्टाले त्रेता युगकालीन श्रीराम जानकीको विवाहमा यस्तै रमाइलो भएको अनुमान गर्दै दर्शक दङ्गपर्ने गरेका साहित्यकार डा राजेन्द्रप्रसाद विमलले बताए ।

मिथिलाको यो विशिष्ट सांस्कृतिक महोत्सवमा बर्सेनि नेपाल र भारतका लाखौँ श्रद्धालु भक्तजन सहभागी हुँदै आएका छन् । नेपाल र भारतबीच ‘रोटीबेटी’ को सम्बन्ध श्रीराम सीताको विवाहपछि बाक्लिएको त्यसयताका धार्मिक ग्रन्थबाट र पछिल्ला दिनमा भइरहेका सम्बन्धबाट उजागर भइरहेको मैथिल लोकसंस्कृतिका ज्ञाता जलेश्वर–५ का ध्रुव रायले बताए । रासस

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

मानव अधिकारमैत्री बजेट र कार्यान्वयनमा जोड

मानव अधिकारमैत्री बजेट र कार्यान्वयनमा जोड

विद्यालय,सामुदायिक प्रहरी साझेदारी र लैङ्गिक सेवा प्रदायकहरू बीच जनकपुरधाममा अन्तरक्रियात्मक संवाद कार्यक्रम सम्पन्न

विद्यालय,सामुदायिक प्रहरी साझेदारी र लैङ्गिक सेवा प्रदायकहरू बीच जनकपुरधाममा अन्तरक्रियात्मक संवाद कार्यक्रम सम्पन्न

चलचित्र विधेयक सम्बन्धित समितिमा

चलचित्र विधेयक सम्बन्धित समितिमा

राष्ट्रियसभा विशेष समयः ‘किसानलाई मलको अभाव नहोस्

राष्ट्रियसभा विशेष समयः ‘किसानलाई मलको अभाव नहोस्

गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्नुपर्छ :प्रथम राष्ट्रपति यादव

गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्नुपर्छ :प्रथम राष्ट्रपति यादव

मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ

मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ

जनसंख्याको आधारमा बजेट दिन मधेस सरकारको माग

जनसंख्याको आधारमा बजेट दिन मधेस सरकारको माग

सरकारी गाडीको दुरुपयोग रोक्न धनुषा प्रशासनको कडाइ

सरकारी गाडीको दुरुपयोग रोक्न धनुषा प्रशासनको कडाइ

मिथिलाञ्चलमा श्रद्धापूर्वक मनाइयो गंगा दशहरा पर्व

मिथिलाञ्चलमा श्रद्धापूर्वक मनाइयो गंगा दशहरा पर्व

सरकारलाई रासायनिक मलको व्यवस्था गर्न सिंहकाे माग

सरकारलाई रासायनिक मलको व्यवस्था गर्न सिंहकाे माग

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!