कार्तिक ३० गते। मैथिली विकास कोषको आयोजनामा जनकपुरधामस्थित जानकी मन्दिर प्रांगणमा सम्पन्न सामा महोत्सवले स्थानीय सांस्कृतिक चेतनालाई उजागर गरेको छ।
कार्यक्रममा सहभागी विभिन्न सामाका समूहहरूले आ–आफ्ना गायन र सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए। प्रतियोगितामा मिथिलेश्वर मौवाही समूह पहिलो स्थानमा रह्यो भने मोर्डन नेपाल समूह दोस्रो र सखि बहिनपा समूह तेस्रो स्थानमा पुगे।
त्यसैगरी, ब्रम्हर्षि समाज चौथो, दक्षिणकालि सामा समूह पाँचौं, जानकी समूह छैटौं, वैदेही समूह सातौं, जानकी चौक समूह आठौं, र सीता समूह नवौं स्थानमा रहे।
महोत्सवमा विजयी भएका समूहहरूलाई नगद र प्रमाणपत्र वितरण गरियो। मैथिली विकास कोषका अध्यक्ष जिवनाथ चौधरीका अनुसार यो महोत्सवले मैथिली संस्कृतिको जगेर्ना र विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
कार्यक्रममा सहभागीहरूको उत्साह र सांस्कृतिक प्रस्तुतिले उपस्थित सबैलाई प्रभावित बनाएको थियो।

















Discussion about this post