जनकपुरधाम।धनुषाको हंसपुर नगरपालिकाले नेपाल पत्रकार महासंघ धनुषा शाखालाई विभिन्न सामग्री प्रदान गरेको छ ।नगरपालिकाले पत्रकार महासंघलाई आज ४ लाख मुल्य बरारबरका विभिन्न सामग्रीहरु प्रदान गरेको हो । महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रलगायतका पदाधिकारीहरुलाई बघचौरास्थित नगरपालिकाको कार्यालयमा नगरप्रमुख रामज्ञान मण्डलले सामग्री हस्तान्तरण गरेका हुन् ।
बाल फ्यान ४ थान, प्रोजेक्टर १ थान, ल्यापटप १ थान, इन्भर्टर १ थान, ब्याट्री २ थान, प्रोजेक्टर स्क्रिन १ थान, डेस्कटप पिसि ३ थान र डिजिटल क्यामेरा १ थान रहेको छ । सामग्री हस्तान्तरण गर्दै नगरप्रमुख मण्डलले भने,‘सहयोग सानो र ठूलो हुँदैन, हाम्रो सम्बन्धकै कारण हामीले आज यो सहयोग प्रदान गरेका छौं ।’
सञ्चारकर्मीहरु अंग्रपक्तीमा खटिएर समाचार सम्प्रेषण गरिरहेकोले उनीहरुकै सहजताका लागि सामग्री प्रदान गरिएको उनले बताए ।





















Discussion about this post