nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सरुवा भएका प्रदेश सचिवहरूले भने, ‘मधेशको बसाइ सार्थक र स्मरणीय भयो’

गिरिजानन्द साह गिरिजानन्द साह
कार्तिक ८, २०८१, ७:४० मध्यान्ह
सरुवा भएका प्रदेश सचिवहरूले भने, ‘मधेशको बसाइ सार्थक र स्मरणीय भयो’

जनकपुरधाम/कार्तिक ८ गते।मधेशमा प्रदेशबाट सरुवा भएका सहसचिवहरू मुख्यमन्त्री सतिशकुमार सिँह सहभागी रहेको एक कार्यक्रममा आज अत्यन्त भावुक बने । मधेश प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार प्रदेश सचिवका रूपमा कार्यरत रही स्थानान्तरण भएका सहसचिवहरूको बिदाइ समारोहमा उनीहरूले मधेश प्रदेशमा परिवारकै सदस्यले पाउनेजस्तो आत्मीयता, सहयोग र सद्भाव पाएको बताए ।

उनीहरूले समवेत स्वरमा भने, ‘मधेशमा काम गर्न अप्ठ्यारो छ भन्ने कर्मचारीवृत्तमा भ्रमले जरो गाडेको छ । त्यसविपरीत हामीले प्रदेश सरकारमा काम गरिरहँदा राजनीतिक नेतृत्वसँगै सहकर्मी कर्मचारीहरूको अपेक्षाभन्दा बढी सहयोग र प्रोत्साहन पायौँ ।’ समूहबद्ध भएर काम गर्ने र सकरात्मक तथा सार्थक परिणाम प्राप्त गर्ने अदम्य चाहनाले मधेशको राजनीतिक नेतृत्व र कर्मचारीहरू प्रेरित रहेको उनीहरूको साझा अनुभव थियो ।

प्रदेश सचिवको सरुवापछि मधेश प्रदेश सरकारले सात वर्षमा पहिलोपटक बिदाइ समारोहको आयोजना गरेको हो । अर्थ मन्त्रालयको सचिवबाट युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएका सुवासचन्द्र शिवाकोटीले प्रदेशमा काम गरिरहँदा राजनीतिक नेतृत्वको मार्गनिर्देशनमा मन्त्रालयका कामकाज व्यवस्थित र प्रभावकारी बनाउने रूपरेखा कोर्न पाएकोमा सन्तोष व्यक्त गरे । उनले जस्तोसुकै जटिलता र सकसलाई चिर्न मुख्यमन्त्रीलगायत मन्त्रीहरूबाट प्राप्त सद्भाव उत्साहप्रद तथा प्रेरणादायी रहेको भन्दै मधेश प्रदेशको बसाइँ स्मरणीय रहने उल्लेख गरे । उनले भने, ‘यहाँको अनुभव मेरो व्यक्तिगत पेसागत जीवनका लागि समेत महत्त्वपूर्ण रहनेछ ।’गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रदेश सचिवबाट योजना आयोगमा सरुवा भएका वीरेन्द्रकुमार यादव मधेश प्रदेशमा सरुवा भएका कर्मचारीलाई बिदाइ गर्ने कार्य पहिलोपटक भएको भन्दै यस्तो परम्परा र सँस्कारलाई निरन्तरता पाउने अपेक्षा गरे । उनले सरकार आफू यसअघि पनि प्रदेशमा काम गरी अन्यत्र पुगेको भए पनि सम्मानसहितको बिदाइ पहिलोपटक पाएकामा सरकार प्रमुख सतिशकुमार सिँहप्रति कृतज्ञता व्यक्त गरे ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रदेश सचिवबाट कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका शरणकुमार पाण्डेले मधेश प्रदेशमा काम गर्दाका असल अभ्यासहरूका सिकाइ अर्को प्रदेशमा काम लाग्ने बताए । उनले भने, ‘मधेश प्रदेशको समन्वय र सहकार्यको सँस्कृति यहाँ आउने कर्मचारीका लागि काम गर्ने वातावरण प्रदान गर्नेछ ।’ मधेश प्रदेश सरकारका प्रमुख सचिव लोकनाथ पौड्यालको अध्यक्षतामा भएको कार्यक्रममा गृहमन्त्रालयबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशमा आएका जयकुमार घिमिरेलाई स्वागत गरिएको थियो ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

जनकपुरधाममा ‘जनकपुरिया डान्डिया एण्ड झिझिया नाइट २०८३’ हुँदै, टिकट बुकिङ खुला

जनकपुरधाममा ‘जनकपुरिया डान्डिया एण्ड झिझिया नाइट २०८३’ हुँदै, टिकट बुकिङ खुला

दशैंमा वयस्क मानिसले दैनिक २५० ग्रामसम्म मासु खाए भइन्छ स्वस्थ

दशैंमा वयस्क मानिसले दैनिक २५० ग्रामसम्म मासु खाए भइन्छ स्वस्थ

कांग्रेसका नवनिर्वाचित सभापति थापाको शपथग्रहण आज

कांग्रेसका नवनिर्वाचित सभापति थापाको शपथग्रहण आज

आज नवरात्रको सातौँ दिन माता कालरात्रीको पूजा तथा आराधना गरिँदै,यस्तो छ माता कालरात्रीको मन्त्र र स्तुति

आज नवरात्रको सातौँ दिन, कालरात्रीको पूजा-आराधना गरिँदै

सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

प्रहरी समायोजनका लागि सङ्घ सरकारलाई दबाब दिन्छौँ : मुख्यमन्त्री यादव

प्रहरी समायोजनका लागि सङ्घ सरकारलाई दबाब दिन्छौँ : मुख्यमन्त्री यादव

मधेश सरकारबाट बाहिरियो एमाले, चार मन्त्रीद्वारा राजीनामा

मधेश सरकारबाट बाहिरियो एमाले, चार मन्त्रीद्वारा राजीनामा

जनकपुरधाममा खुल्यो भारतीय जिलियो ब्रान्डको इलेक्ट्रिक स्कुटर शोरुम

जनकपुरधाममा खुल्यो भारतीय जिलियो ब्रान्डको इलेक्ट्रिक स्कुटर शोरुम

जनकपुरधाममा आज झिझिया महोत्सव हुँदै, विभिन्न सांस्कृतिक समूहले प्रस्तुति दिने

जनकपुरधाममा आज झिझिया महोत्सव हुँदै, विभिन्न सांस्कृतिक समूहले प्रस्तुति दिने

तिथि क्षयका कारण आजै कात्यायनी देवीको पनि उपासना गरिँदै

नवरात्रको छैटौं दिन, माता कात्यायनीको पूजाआराधना गरिदैँ

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि