nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धान खेतीको विकल्पमा सिंघारा खेती

गिरिजानन्द साह गिरिजानन्द साह
कार्तिक ६, २०८१, ७:३६ मध्यान्ह
धान खेतीको विकल्पमा सिंघारा खेती

कार्तिक ६ गते। जलेश्वर– बर्सेनि धानखेती डुबानमा परेर हैरानी भोगेका महोत्तरी जलेश्वरसहित वरपरका सयौँ किसान वैकल्पिक रूपमा सिंघारा खेतीतर्फ आकर्षित हुँदै गएका छन्। प्रत्येक वर्ष रोपेको धानबाली डुबेर आर्थिक क्षति भइरहेकाले थोरै लगानी र कम मेहनतमा मनग्य आम्दानी हुने भएकाले किसानहरू सिंघारा खेतीतर्फ आकर्षित हुँदै गएका हुन्।

धानखेती डुबानमा परेर समस्या हुने र सिंघारा खेतीमा कम मेहनत गरेर राम्रो आम्दानी हुने भएकाले यहाँका सयौँ बिघामा पानी जमेको जग्गामा अहिले सिंघारा (फल) खेती गरिएको जलेश्वर नगरपालिका–१ का किसान भोगिन्द्र पासवानले बताए।

उनका अनुसार जमेको पानीमुनी लहरामा फल्ने सिंघारा एक प्रकारको गुलियो र सुन्दर फल हो। जुन स्वास्थ्यका लागि शीतल र पौष्टिक भएकाले स्थानीयस्तरमा निक्कै लोकप्रिय छ।

यस वर्ष भारी वर्षाका कारण जताततै पानी जमेको हुनाले जलेश्वर नगरपालिका र वरिपरिका गहिरो खेत, तलाउ र पोखरीमा ठूलो मात्रामा (काँडेदार गुलाफी रङ्गका सुन्दर र मिठो फल) सिंघारा खेती गरिएको छ।

जलेश्वर– ६ का किसान गोपी मुखियाले डुबानबाट आजित भएपछि पानी जम्ने क्षेत्रका धेरैजसो किसान यस खेतीतर्फ आकर्षित भएको बताए।

यसवर्ष वर्षौदेखि बाँझो रहेको जलाशयमा पनि एक सय ५० बढी घरपरिवारले सिंघारा खेती गरेका जलेश्वर–२ का किसान भोला मुखियाले जानकारी दिए।

सिंघारा प्रत्येक वर्ष असोज महिनादेखि नै तयारी हुन्छ भने स्थानीय बजारमा आकार हेरेर प्रतिकिलो रु. १०० देखि एक सय ६० सम्म बिक्री हुने गरेको र यसबाट आफूहरूले प्रत्येक वर्ष राम्रो आम्दानी गरिरहेका जलेश्वर– ३ का किसान रामु सहनीले बताए।

मिथिालाञ्चलभरि पूजाआजामा प्रसादका रूपमा प्रयोग हुने सिंघारा बालबालिका, बुढापाका र पेटका रोगीले बढी मन पराउने गरेका जलेश्वर– ८ का किसान कलमुद्दिन राईनको भनाइ छ।

सिंघारा खेतीमा लागेको किसान स्थानीय बजारदेखि सीमापारीका भारतीय बजारमा लगेर पनि सिंघारा बेचेर प्रतिकिसान रु. दुई देखि तीन लाखसम्म आम्दानी गर्ने गरेको स्थानीय महादेव मुखियाले बताए।

जलेश्वर उद्योग वाणिज्य संघका महासचिव शिवचन्द्र चौधरीले सिंघारा खेतीलाई प्रवर्द्धन गर्नुपर्ने र मौसमी उद्योगकै रूपमा विकास गर्नुपर्ने बताए। उनले यस फलको खेती गर्ने किसानका लागि उद्योग वाणिज्य संघले आगामी दिनमा विशेष प्याकेजसहितको कार्यक्रम ल्याउनेसमेत बताए।-रासस

 

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकका ८ निर्णय सार्वजनिक

बायुसेवा निगमको अध्यक्षमा श्रेष्ठ नियुक्त

निजी क्षेत्र विपद्‍का बेला सरकारको साथमा, हेलिकोप्टरदेखि ड्रोन उपलब्ध गराउने समझदारी

निजी क्षेत्र विपद्‍का बेला सरकारको साथमा, हेलिकोप्टरदेखि ड्रोन उपलब्ध गराउने समझदारी

यी हुन बालेन्द्र सरकारले आज गरेका ५ निर्णयहरू

यी हुन बालेन्द्र सरकारले आज गरेका ५ निर्णयहरू

गौर हत्याकाण्डमा छानबिन गर्न सर्वोच्चको आदेश

सरकारी बिज्ञापनको एकद्वार नीति सर्वोच्चद्दारा खारेज

आम महिला मोर्चाको केन्द्रीय अध्यक्षमा कुमारी बबिता

आम महिला मोर्चाको केन्द्रीय अध्यक्षमा कुमारी बबिता

अभिनेत्री काजल कर्णले दिइन चलचित्र कलाकार संघमा उजुरी

अभिनेत्री काजल कर्णले दिइन चलचित्र कलाकार संघमा उजुरी

पुर्व विश्वकप बिजेताले नै जित्नेछन् यो विश्वकप, यस्ता बने अहिलेसम्मका रेकर्ड

पुर्व विश्वकप बिजेताले नै जित्नेछन् यो विश्वकप, यस्ता बने अहिलेसम्मका रेकर्ड

मिडिया हाउस अगाडी गाडी राखेकोमा एमाले र नेकपाको संसदमा बिरोध

मिडिया हाउस अगाडी गाडी राखेकोमा एमाले र नेकपाको संसदमा बिरोध

आज पनि ‘प्रधानमन्त्रीको बिबादस्पद अभिब्यक्ति’को संसदमा बिरोध

आज पनि ‘प्रधानमन्त्रीको बिबादस्पद अभिब्यक्ति’को संसदमा बिरोध

पाँच दिनको गिरावटपछि सुनमा पुनः उछाल, एकैदिन तोलामा २ हजार ७ सय रुपैयाँ वृद्धि

सुन–चाँदी दुवै सस्तिए

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!