गिरिजानन्द/असोज ३० गते। मारवाड़ी सेवा समिति जनकपुरधामले काठमाडौँ महानगरपालिकाले पशुपति गौशाला धर्मशालामा गरिरहेको हस्तक्षेपलाई गैरकानूनी भन्दै, उक्त हस्तक्षेप रोक्न माग गरेको छ।
समितिले जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापन पत्र बुझाउँदै हस्तक्षेप रोक्न आग्रह गरेको हो। उक्त ज्ञापन पत्र प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, तथा यस क्षेत्रका नेताहरुलाई समेत प्रेषित गरिएको छ।
समितिका अध्यक्ष निर्मल चौधरीले काठमाडौँ महानगरपालिकाले धर्मशालालाई आफ्नो मातहत ल्याउने उद्देश्यले हस्तक्षेप गरेको आरोप लगाएका छन्। उनले जनकपुरधामका २९ वटा जातीय तथा धार्मिक संगठनहरूले पनि यस मागको समर्थन जनाएका बताएका छन्।
चौधरीले गौशाला धर्मशाला सञ्चालनमा महानगरको हस्तक्षेपप्रति जनकपुरधामका नागरिक समाजसँग मिलेर विरोध जारी राख्ने र मुद्दाको निराकरण कानूनी रूपमा गर्नुपर्ने बताए।





















Discussion about this post