nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

लागुऔषध दुव्र्यसन तथा ओसारपसार र भन्सार छली नियन्त्रण आवश्यक छ ः मुख्यमन्त्री सिँह

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज ३०, २०८१, ४:४१ मध्यान्ह
लागुऔषध दुव्र्यसन तथा ओसारपसार र भन्सार छली नियन्त्रण आवश्यक छ ः मुख्यमन्त्री सिँह

जनकपुरधाम/असोज ३० गते। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले सीमित साधनस्रोतका बाबजुद पनि नेपाल प्रहरीले शान्तिसुरक्षा व्यवस्थापन, अपराध अनुसन्धान तथा कानुन कार्यान्वयन लगायतका काममा देखाउँदै आएको क्रियाशीलताको सराहना गरेका छन् ।

६९ औँ प्रहरी दिवसका अवसरमा मधेश प्रहरी कार्यालय जनकपुरधामद्वारा यहाँ आयोजित कार्यक्रममा मुख्यमन्त्री सिँहले कानुन कार्यान्वयनसँग सम्बद्ध धेरैवटा कामको जिम्मेवारी रहेको नेपाल प्रहरीलाई थप व्यावसायिक संगठनका रूपमा प्रतिष्ठित गर्न दक्ष जनशक्ति तथा आधुनिक प्रविधिको खाँचो रहेको औंल्याए । उनले प्रदेश सरकारले मधेश प्रदेशका विभिन्न प्रहरी एकाइलाई सबल बनाउन भौतिक पूर्वाधार विकास तथा विभिन्न आवश्यक सामग्री उपलब्ध गराएर साधनस्रोत सम्पन्न बनाउने प्रयास गर्दैआएको जानकारीसमेत दिए ।

‘नेपाल प्रहरीमा कुशल तथा निपुण जनशक्ति विकासको पाटोमा समेत प्रदेश सरकार गम्भीर छ । प्रहरी जनशक्तिको दक्षताबाटै नागरिकमा शीघ्र न्याय प्राप्तिको बाटो खुल्नेछ,’ मुख्यमन्त्री सिँहले भने ।
उनले केही दिनअघि देशसँगै मधेश प्रदेशमा समेत आएको बर्खाबाढी र डुबानका बेला राज्यका अन्य निकायसँगै नेपाल प्रहरीले समेत तत्काल तत्परता देखाएकाले थप क्षति रोक्न सफल भएको चर्चा गर्दै नेपाल प्रहरीका कामको विविधीकरण मात्र नभई विशिष्टीकरणसमेत हुनुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री सिँहले भने, ‘विपत्ति तथा प्रकोपमा खोज तथा उद्धार, सवारी व्यवस्थापनलगायतका काम नेपाल प्रहरीले गर्दैआएको छ । यी जम्मै कामबाट प्राप्त अनुभव र अभ्यास थप व्यवस्थित र परिणामुखी बनाउँदै जानुपर्छ ।’

 

मुख्यमन्त्री सिँहले प्रदेशमा लागुऔषधको दुव्र्यसन तथा ओसारपसार र भन्सार छलेर मालसामानको चोरीनिकासी हुने स्थिति चिन्ताजनक रहेको टिप्पणी गर्दै यी प्रवृत्तिलाई निरुत्साहित एवम् नियन्त्रण गर्न नेपाल प्रहरीको भूमिका अझ सशक्त बन्नुपर्ने बताए ।

उनले प्रहरीको परम्परागत कार्यशैलीमा सकारात्मक परिवर्तन आइरहेकोमा सन्तोष व्यक्त गर्दै नागरिकको विश्वास जित्न प्रहरीको व्यवहार थप सरल, निष्पक्ष र पारदर्शी हुनुपर्ने सुझाए । मुख्यमन्त्री सिँहले मानवअधिकारको संरक्षण र प्रवद्र्धनप्रति नेपाल प्रहरीको निष्ठा चुलिँदै जाने विश्वाससमेत व्यक्त गरे ।
कार्यक्रममा मुख्यमन्त्री सिँहले प्रहरी कर्मचारी, नागरिक तथा खेलाडीहरूलाई कदर तथा प्रशंसापत्र प्रदान गरे । त्यसक्रममा उनले धनुषाको मिथिला नगरपालिका वडा नम्बर १० ढल्केवरका सेवानिवृत्त प्रहरी सहायक निरीक्षक ८५ वर्षीय हरिबहादुर खडकालाई दोसल्ला ओढाएर सम्मान गरे ।

कार्यक्रममा प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादव, मधेश प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक लालमणि आचार्य, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेशकुमार कर्णलगायतका व्यक्तिहरूले आआफ्ना धारणाा राखेका थिए ।
प्रहरी वरिष्ठ उपरीक्षक सुरेन्द्रबहादुर गुरुङ्गले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको शुभकामना सन्देश वाचन तथा स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
विस २०१२ मा ऐन आएपछि नै नेपाल प्रहरी ऐनमा लालमोहर लागेको दिनलाई प्रहरी दिवसका रूपमा मनाइन्छ । विसं २०१२ मा नेपाल प्रहरी ऐन आएको थियो । नेपाल प्रहरीले २०५२ सालदेखि स्थापना दिवस मनाउँदै आएको छ ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

जनकपुरधाममा ‘जनकपुरिया डान्डिया एण्ड झिझिया नाइट २०८३’ हुँदै, टिकट बुकिङ खुला

जनकपुरधाममा ‘जनकपुरिया डान्डिया एण्ड झिझिया नाइट २०८३’ हुँदै, टिकट बुकिङ खुला

दशैंमा वयस्क मानिसले दैनिक २५० ग्रामसम्म मासु खाए भइन्छ स्वस्थ

दशैंमा वयस्क मानिसले दैनिक २५० ग्रामसम्म मासु खाए भइन्छ स्वस्थ

कांग्रेसका नवनिर्वाचित सभापति थापाको शपथग्रहण आज

कांग्रेसका नवनिर्वाचित सभापति थापाको शपथग्रहण आज

आज नवरात्रको सातौँ दिन माता कालरात्रीको पूजा तथा आराधना गरिँदै,यस्तो छ माता कालरात्रीको मन्त्र र स्तुति

आज नवरात्रको सातौँ दिन, कालरात्रीको पूजा-आराधना गरिँदै

सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

प्रहरी समायोजनका लागि सङ्घ सरकारलाई दबाब दिन्छौँ : मुख्यमन्त्री यादव

प्रहरी समायोजनका लागि सङ्घ सरकारलाई दबाब दिन्छौँ : मुख्यमन्त्री यादव

मधेश सरकारबाट बाहिरियो एमाले, चार मन्त्रीद्वारा राजीनामा

मधेश सरकारबाट बाहिरियो एमाले, चार मन्त्रीद्वारा राजीनामा

जनकपुरधाममा खुल्यो भारतीय जिलियो ब्रान्डको इलेक्ट्रिक स्कुटर शोरुम

जनकपुरधाममा खुल्यो भारतीय जिलियो ब्रान्डको इलेक्ट्रिक स्कुटर शोरुम

जनकपुरधाममा आज झिझिया महोत्सव हुँदै, विभिन्न सांस्कृतिक समूहले प्रस्तुति दिने

जनकपुरधाममा आज झिझिया महोत्सव हुँदै, विभिन्न सांस्कृतिक समूहले प्रस्तुति दिने

तिथि क्षयका कारण आजै कात्यायनी देवीको पनि उपासना गरिँदै

नवरात्रको छैटौं दिन, माता कात्यायनीको पूजाआराधना गरिदैँ

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि