भादौ ११ गते। श्रीकृष्ण जन्माष्टमी पर्वको अवसर पारेर तराई मधेश सहित मिथिलाका गाउँ गाउँमा मेला लाग्ने गरेको छ ।
ठाउँ ठाउँमा भगवान् श्रीकृष्णको माटोको प्रतिमा बनाएर भाद्र कृष्णपक्ष अष्टमी तिथिका दिन कृष्ण जन्माष्टमी पर्व हर्षोल्लासका साथ मनाउने चलन अनुसार यस वर्ष पनि गाउँ गाउँमा मनाइएको छ ।
भगवान् श्रीकृष्णको लीलामा आधारित पात्रहरूको माटोको प्रतिमाहरू स्थापित गरेर कृष्ण पर्व मनाउने प्रचलन निक्कै पहिला देखि रहि आएको छ । मिथिलामा हरेक पर्व तथा उत्सवहरूमा माटोको प्रतिमा बनाएर पूजा गर्ने पहिला देखिकै विशिष्ट चलन रहेको छ ।
जनकपुरधामको रेल्वे स्टेसनमा यस वर्ष पनि भव्य रुपमा श्रीकृष्णजन्माष्टमी पर्व मनाईरहेका छ्न । आकर्षण पण्डालको निर्माण गरेर त्यसभित्र भगवान् श्रीकृष्णको लिलामा आधारित प्रतिमाहरू राख्ने काम भएको छ । स्टेशन एरिया श्रीकृष्ण युवा कमिटीको आयोजनामा दशकौँ देखि कृष्ण जन्माष्टमी पर्व मनाइँदै आएको र यसलाई यस पटक पनि निरन्तरता दिने काम भएको छ ।
जनकपुरधामको स्टेशन एरियामा संस्कृति कार्यक्रम पनि रहेको छ । स्टेशन एरियाको लाग्ने मेला भर्नका लागि गाउँ गाउँबाट भक्तजनहरू आउने गरेका छन् । यसै गरि जनकपुरधामको वडा नंं ४ मा रहेको भगवान् श्रीकृष्णको मन्दिरमा पूजा अर्चनाका लागि आज बिहान देखि भक्तजनहरूको ठूलो भिड रहेको छ ।

















Discussion about this post