श्रावण २६ गते । लागूऔषध ५ किलो गाँजा सहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पर्सागढी नगरपालिका ७ बस्ने ३३ वर्षीय बालेश्वरप्रसाद यादव र साेही ठाउँका ५५ वर्षीय देवेन्द्र यादव रहेका छन् ।
सोलखपुरस्थित महुवन-पटेर्वा सुगौली सडक खण्डमा पर्टेवा सुगौलीबाट महुवनतर्फ आउँदै गरेको ना३८प १८२५ नम्बरको मोटरसाइकललाई रोकी खानतलासी गर्दा ५ किलो गाँजा आफ्नै शरीरमा लुकाइछिपाइ राखिएको अवस्थामा फेला परिएकाे हाे ।
आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय पोखरिया ल्याइएको र उनीहरुविरुद्ध लागूऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको पर्सा का प्रहरी प्रवक्ता डीएसपी दीपक भारतीले जनाएको छ ।















Discussion about this post