nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

३ दिने क्षमता विकास तालिम सप्पन्न, योजना बजेट र जातीय विभेद समितिप्रति जोड

सजिलो पोस्ट सजिलो पोस्ट
साउन ३, २०८१, ९:२१ मध्यान्ह
३ दिने क्षमता विकास तालिम सप्पन्न, योजना बजेट र जातीय विभेद समितिप्रति जोड

मिर्चैया (सिरहा)/श्रावण ३ गते। दलित समुदायका व्यक्तिले नेतृत्व गरेका संस्थाका पदाधिकारीहरूले पालिकाको योजना तर्जुमा, बजेट निर्माण, स्थानीय जातीय विभेद तथा छुवाछूत अनुगमन समिति निर्माण र प्रभावकारी बनाउने जस्ता क्षेत्रमा क्रियाशील हुने घोषणा गरेका छन् ।

दलित समुदायले भोगिरहेका उत्पीडनबाट मुक्तिका लागि सबै भन्दा पहिले यी कार्य गर्नुको विकल्प नरहेको उनीहरूको ठम्याइ छ । यसका लागि दलित समुदाय नै एकजुट हुनुपर्ने धारणा पनि उनीहरूले व्यक्त गरेका छन् । अहिलेसम्म आफूहरू विभिन्न बहानामा छरिएका कारण पनि सरकारदेखि कर्मचारीसम्मले हेपेको उनीहरूको दाबी थियो । अब यस्तो अवस्था नपन्छाए अझै पनि उत्पीडन सहिरहन तयार हुनुको विकल्प नभएको भनाइ पनि उनीहरूको थियो ।युएसएआइडी नेपालको आर्थिक, द एसिया फाउन्डेसनको कार्यान्वयन र दलित सरोकार मञ्च नेपालको प्राविधिक सहयोगमा मधेस प्रदेशमा सञ्चालित युएसएआइडी सिभिक सोसाइटी एन्ड मिडिया एक्टिभिटी अन्तर्गत दलित समुदायका नागरिक समाज, जनप्रतिनिधि र पत्रकारहरूको सञ्जाल निर्माण र परिचालन परियोजनाअन्तर्गत दलित नागरिक समाज सञ्जालका पदाधिकारीहरूका लागि आयोजित ३ दिने क्षमता विकास तालिममा सहभागीहरूले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । उनीहरूले सिरहाको मिर्चैयास्थित होटल होलिडेमा आयोजित तालिमको अन्तिम दिन सामूहिक प्रतिबद्धता व्यक्त गरे– तालिमबाट प्राप्त ज्ञान र सिपलाई आआफ्नो संस्था र कार्यक्षेत्रमा लागु गर्ने छौँ ।

तालिमका सहभागीहरूले मधेस प्रदेश सरकारले जारी गरेको दलित सशक्तीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ मा व्यवस्थासमेत पालिकाहरूले लत्याएकाप्रति पनि खबरदारी व्यक्त गरे । यो ऐनले प्रत्येक पालिकामा स्थानीय जातीय विभेद तथा छुवाछूत अनुगमन समिति गठन गर्नुपर्ने व्यवस्था गरेको छ । तर पनि ऐन बनेको ५ वर्षसम्म जम्मा ३५ वटामा मात्र यस्ता समिति बन्नु र अरूमा बन्न नसक्नु ठूलो चिन्ताको विषय भएको उनीहरूले बताए । बनेकै समितिहरूलाई पनि पालिकाहरूले स्रोत÷साधन र बजेट उपलब्ध नगराउँदा त्यस्ता समिति प्रभावकारी हुन नसकेका उनीहरूको भनाइ छ ।

तालिमका अवसरमा मधेस प्रदेशका ८ वटै जिल्लाका दलित नागरिक समाजका पदाधिकारीहरूले पालिकाहरूले दलित समुदायका लागि विनियोजित कार्यक्रम र बजेट पनि गैरदलितलाई जिम्मा लगाउने गरेका, दलित नेतृत्वका संस्थाहरूलाई पन्छाएर अन्य गैरसरकारी संस्था र नाफामूलक व्यावसायिक संस्थाहरूलाई काखी च्याप्ने गरेको जस्ता गुनासो पनि राखेका थिए । पालिकाको योजना तर्जुमा तथा बजेट निर्माण प्रक्रियामा कानुनले व्यवस्था गरे पनि दलित समुदायलाई सहभागी नगराइने र गराइए पनि उनीहरूका कुरा नसुनिने गरेको भनाइसमेत राखेका थिए ।

तालिमका क्रममा प्रशिक्षक डा. विजयप्रसाद मिश्रले कुनै पनि काम सफलतामा पु¥याउन कार्ययोजना बनाएर अघि बढ्नुपर्ने, आत्मसमीक्षा र मूल्याङ्कनले कमजोरी सुधार्न सघाउने तथा मिडियासँग गर्ने व्यवहार र भाषणका सामान्य विषयबारे विस्तृत जानकारी गराएका थिए ।

अर्का प्रशिक्षक पत्रकार रघुनाथ लामिछानेले आन्दोलन÷सङ्घर्ष गर्नुपर्ने अवस्था निम्तनुको कारण, यसका प्रकार, आन्दोलनलाई प्रभावकारी तुल्याउने उपायहरू, आन्दोलन र अभियानमा फरक तथा आन्दोलनका उपलब्धि कसरी मापन गर्ने भन्नेबारे बताएका थिए । उनको भनाइ थियो– कुनै पनि आन्दोलन सफल हुनका लागि सवाल, तयारी, प्रक्रिया, सहकार्य र स्रोत÷साधनको सुनिश्चितता जरुरी हुन्छ ।
आयोजक संस्था दलित सरोकार मञ्च, नेपालका कार्यकारी निर्देशक भोला पासवानलेसहभागिता जनाएर कार्यक्रम सफल पारिदिएकामा सबै सहभागीलाई धन्यवाद दिएका थिए । पालिकाको योजना तर्जुमा, बजेट निर्माण, स्थानीय जातीय विभेद तथा छुवाछूत अनुगमन समिति निर्माण र प्रभावकारी बनाउने जस्ता क्षेत्रमा क्रियाशील तुल्याउन यस्तो क्षमता विकास तालिम आयोजना गरिएको जानकारी दिए । खासगरी दलित कार्यपालिका सदस्य, राजनीतिक दलका दलित भातृ सङ्गठनका पदाधिकारी, दलित समुदायका अगुवा पत्रकार र दलित नागरिक समाजका पदाधिकारीहरूलाई सक्रिय तुल्याइ सहकार्य गराउनु आफ्नो संस्थाको मुख्य उद्देश्य रहेको जानकारी पनि गराए ।

त्यस अवसरमा मधेस प्रदेशका ८ वटै जिल्लाका सहभागीलाई प्रशिक्षकद्वय डा. विजयप्रसाद मिश्र र रघुनाथ लामिछाने तथा दलित सरोकार मञ्चका कार्यकारी निर्देशक भोला पासवानले प्रमाणपत्र वितरण गरेका थिए ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

मधेश प्रदेशमा बजेटसम्बन्धी विवाद समाधान गर्न बनेको कार्यदलले बुझायो १० बुँदे प्रतिवेदन,यस्ताे छ प्रतिवेदनकाे सारांश

मधेश प्रदेशमा बजेटसम्बन्धी विवाद समाधान गर्न बनेको कार्यदलले बुझायो १० बुँदे प्रतिवेदन,यस्ताे छ प्रतिवेदनकाे सारांश

धनुषामा अवैध काजु र चिनीसहित ट्रक नियन्त्रणमा

धनुषामा अवैध काजु र चिनीसहित ट्रक नियन्त्रणमा

राजेश अहिराज जबरजस्ती करणी मुद्दामा दोषी ठहर

राजेश अहिराज जबरजस्ती करणी मुद्दामा दोषी ठहर

लायन्स क्लब अफ जनकपुरधाम हेरिटेज चार्टर, विकास कुमार साहको नेतृत्वमा कार्यसमिति चयन

लायन्स क्लब अफ जनकपुरधाम हेरिटेज चार्टर, विकास कुमार साहको नेतृत्वमा कार्यसमिति चयन

महोत्तरीमा डकैतीमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ

महोत्तरीमा डकैतीमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ

अख्तियारले महोत्तरीको एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरुद्ध मुद्धा दायर

घुस लिएको अभियोगमा रौतहट अदालतका डिठ्ठा दोषी ठहर

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकका ८ निर्णय सार्वजनिक

बायुसेवा निगमको अध्यक्षमा श्रेष्ठ नियुक्त

निजी क्षेत्र विपद्‍का बेला सरकारको साथमा, हेलिकोप्टरदेखि ड्रोन उपलब्ध गराउने समझदारी

निजी क्षेत्र विपद्‍का बेला सरकारको साथमा, हेलिकोप्टरदेखि ड्रोन उपलब्ध गराउने समझदारी

यी हुन बालेन्द्र सरकारले आज गरेका ५ निर्णयहरू

यी हुन बालेन्द्र सरकारले आज गरेका ५ निर्णयहरू

गौर हत्याकाण्डमा छानबिन गर्न सर्वोच्चको आदेश

सरकारी बिज्ञापनको एकद्वार नीति सर्वोच्चद्दारा खारेज

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!