महाेत्तरी/जेठ ५ गते । महाेत्तरीबाट लागूऔषध खैरो हिराेइन सहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्ने बर्दिबास नगरपालिका १४ बर्दिबास बस्ने ३९ वर्षीय ईश्वर साह, र साेही नगरपालिका १ बस्ने ३२ वर्षीय दीपक महताे रहेका छन् ।
महोत्तरीको बर्दिबास नगरपालिका–१ बर्दिबास बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १० ग्राम ६० मिलिग्राम, स्पास्मो ४ हजार ८ सय पिस र पिजिएबि लेखिएको ९६ पिस ट्याब्लेटसहित उनीहरूलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बर्दिबास र मधेश प्रदेश लागूऔषध नियन्त्रण ब्युरो जनकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।














Discussion about this post