nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीमा बैंकका सुरक्षागार्ड हत्या प्रकरणमा आफन्त पक्राउ

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ १, २०८१, ५:५३ मध्यान्ह
सप्तरीमा नेपाल बैंकको सुरक्षा गार्डको हत्या आरोपमा सशस्त्रका पूर्वजवान पक्राउ,यसरी घटेको थियो घटना

जेठ १ गते । सप्तरीको नेपाल बैंक लिमिटेड फत्तेपुर शाखाका सुरक्षागार्डको हत्या प्रकरणमा मृतक र पक्राउ परेका व्यक्ति आफन्त रहेको खुलेको छ।

गत बिहीबार उक्त बैंकमा कार्यरत ५५ वर्षीय पर्शुराम फुयाँलको हत्या भएको थियो । हत्या गरेको आरोपमा प्रहरीले सप्तकोशी नगरपालिका वडा नम्बर ५ बस्ने ३२ वर्षीय चन्द्रबहादुर सुवेदीलाई पक्राउ गरेको छ। सप्तरी जिल्ला प्रहरी कार्यालयले उनलाई पक्राउ गरेकोबारे आइतबार सार्वजनिक गरेको थियो।

डिएसपी ढुण्डिराज न्यौपानेका अनुसार मृतक फुयाँल र सुवेदी नातेदार रहेको खुलेको छ। शनिबार सुवेदीलाई प्रहरीले चितवनको राप्ती नगरपालिका वडा नम्बर १ लोथरबाट पक्राउ गरेको थियो। पक्राउ गर्नको लागि प्रहरीको टोली सप्तकोशीस्थित घरमा समेत पुगेको थियो। त्यसक्रममा प्रहरीले चन्द्रबहादुरका बुवालाई भेटेका थिए। त्यसपछि आरोपित व्यक्ति आफन्त रहेको खुलेको हो।

‘प्रहरी जाँदा आरोपीका बुवालाई भेटेका रहेछन्। ती बुवालाई पनि आफ्ना छोराले हत्या गरेको भन्ने थाहा रहेनछ,’ न्यौपानेले भने, ‘तर उनले प्रहरीसँग आफ्ना सम्धीको हत्या भएको रहेछ भर्खरै पुगेर आएको जस्तो कुरा गरेका थिए। त्यसपछि नातेदार रहेको भन्ने खुलेको हो।’ यसरी नातेदार रहेको खुले पनि आरोपी सुवेदीले भने फुयाँललाई चिन्दैन थिए। डिएसपी न्यौपानेले भने, ‘एक पुस्ताले चिनेको भएपनि अर्को पुस्ताले खासै नचिन्ने रहेछ। आरोपीलाई पनि त्यसबारे थाहा रहेनछ।’

मृतक फुयाँल कान्तिपुर सेक्युरिटिजबाट विगत ८ वर्षयता त्यही बैंकमा कार्यरत थिए। नेपाली सेनामा काम गरेका उनले पेन्सन पाकेपछि छाडेका थिए। करिब ३ वर्ष उनले दुबई बसेर समेत काम गरेको खुलेको हो। त्यस्तै पक्राउ परेका आरोपी चन्द्रबहादुर सुवेदी पनि सशस्त्र प्रहरीका पूर्व जवान हुन्। उनी २०७० सालमा सशस्त्रको प्रहरी जवान भएर काम गरेको र २०७९ पुसमा राजीनामा स्वीकृत भएको थियो।

चन्द्रबहादुरले आर्थिक अवस्था कमजोर भएकाले बैंक लुट्न जाने योजना बनाएको प्रहरीसमक्ष बताएका थिए। उनको २४/२५ लाख ऋण तिर्न बाँकी रहेको र उक्त ऋण चुक्ता गर्न नकसेपछि बैंक लुट्ने योजना बनाएका हुन्। त्यसबाहेक अन्य कारण नखुलेको प्रहरीको भनाइ छ। बैंक लुट्न जानु पाँच दिन अघि मात्रै पनि उनले रेकी गरेको सिसिटिभी फुटेजमा देखा परेको थियो। ‘लुट्न जाने भन्ने हिसाबले बैंकमा प्रवेश गरेको देखियो। उनी शौचालयको भेन्टिलेटरबाट भित्र छिरेका रहेछन्,’ न्यौपानेले भनेका थिए।

करिब राति साढे १२ बजेतिर उनी बैंकमा प्रवेश गरेका थिए। लुटपाटका लागि उनले आफूसँग हेक्साब्लेड, रेन्चु, पिलास, डोरी, रड र खुकुरी बोकेका थिए। त्यही सामग्रीको प्रयोग गरी बैंकमा रहेको एउटा ताला फोड्न भ्याएका थिए। यद्यपि दोस्रो तहको ताला भने फोड्न सकेनन्। त्यसो नसकेपछि उनी सुरक्षा गार्ड फुयाँलको कोठामा प्रवेश गरे। त्यहाँ गार्डसँग रहेको चाबी लिन खोज्दा उठेपछि उनले खुकुरी प्रहार गरेका थिए। प्रहरीले उनीबाट घटनामा प्रयोग भएको खुकुरी, उनले बोकेको झोला, त्यसबेला लगाएका कपडा, लुट्न प्रयोग गरिएका सामान र काठ बरामद गरेको छ। पक्राउ गरेपछि उनले लुकाएका सामानको खोजी गरिएको थियो। कतिपय सामान उनकै घरबाट बरामद भएको थियो।

Tags: मधेस प्रदेश खबरसप्तरी खबर

Discussion about this post

Related Posts

नेपाली ज्वाँइ बलिउड अभिनेता गोबिन्दाका दुई फिल्म चाँडै आउँदै

नेपाली ज्वाँइ बलिउड अभिनेता गोबिन्दाका दुई फिल्म चाँडै आउँदै

न्यायधिसको कुर्सीमा सर्स्युको दाना छर्दै कालो जाँदु गर्ने महिला पक्राउ

न्यायधिसको कुर्सीमा सर्स्युको दाना छर्दै कालो जाँदु गर्ने महिला पक्राउ

देशभर भारी वर्षाको सम्भावना कायमै, सतर्क रहन आग्रह

आजको मौसमः आज पनि यी प्रदेशमा मेघगर्जनसहित भारी बर्षा हुने सम्भावना

यी ‘इन्डोर प्लान्ट’, जसले वर्षायाममा घरलाई राख्छ पूर्ण ताजा

यी ‘इन्डोर प्लान्ट’, जसले वर्षायाममा घरलाई राख्छ पूर्ण ताजा

मधेश प्रदेशमा बजेटसम्बन्धी विवाद समाधान गर्न बनेको कार्यदलले बुझायो १० बुँदे प्रतिवेदन,यस्ताे छ प्रतिवेदनकाे सारांश

मधेश प्रदेशमा बजेटसम्बन्धी विवाद समाधान गर्न बनेको कार्यदलले बुझायो १० बुँदे प्रतिवेदन,यस्ताे छ प्रतिवेदनकाे सारांश

धनुषामा अवैध काजु र चिनीसहित ट्रक नियन्त्रणमा

धनुषामा अवैध काजु र चिनीसहित ट्रक नियन्त्रणमा

राजेश अहिराज जबरजस्ती करणी मुद्दामा दोषी ठहर

राजेश अहिराज जबरजस्ती करणी मुद्दामा दोषी ठहर

लायन्स क्लब अफ जनकपुरधाम हेरिटेज चार्टर, विकास कुमार साहको नेतृत्वमा कार्यसमिति चयन

लायन्स क्लब अफ जनकपुरधाम हेरिटेज चार्टर, विकास कुमार साहको नेतृत्वमा कार्यसमिति चयन

महोत्तरीमा डकैतीमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ

महोत्तरीमा डकैतीमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ

अख्तियारले महोत्तरीको एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरुद्ध मुद्धा दायर

घुस लिएको अभियोगमा रौतहट अदालतका डिठ्ठा दोषी ठहर

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!