बैशाख १४ गते। डेढ किलो भन्दा बढी सुन र झन्डै डेढ करोड रूपैयाँसहित काठमाडौंबाट सात जना पक्राउ परेका छन्।विशेष सूचनाका आधारमा खटिएको कार्यालयको टोलीले अवैध सुन र नगदसहित ७ जनालाई पक्राउ गरेको हो ।काठमाडौं महानगरपालिका वडा नं २४ दुछेंननी टोलबाट १७६८ ग्राम सुन र उक्त रकम बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका-३ टाँटेका ४७ वर्षीय गणेशदत्त बढु, २१ वर्षीय आयुष बडु, भारत महाराष्ट्रका ३७ वर्षीय अमोल विभुते, १८ वर्षीय ऋषिकेश प्रकाश बिभुते, १८ वर्षीइ गणेश सतिश बाल्टे, झापाको बिर्तामोड नगरपालिका३ का ३० वर्षीय दिनेश खरेल, २२ वर्षीय भरतराज खरेल छन्।
सुनको अवैध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ।















Discussion about this post