बैशाख १ गते। रौतहटको सदरमुकाम गौर नगरपालिकाबाट स्रोत नखुलेको ११ लाख भन्दा बढी रुपैयाँसहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्ने गाैर नगरपालिका वडा नं.१ बस्ने ५६ वर्षीय वीरेन्द्र कुमार जैसवाल रहेका छन् ।
गौर १ शिवालय मन्दिर अगाडि चेकजाँचको क्रममा स्रोत नखुलेको ११ लाख १५ हजार ७०० सय रुपैयाँ सहित जैसवालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन्।
साइकल चढेर आएका जैसवालले बोकेको झोला भित्र उक्त रकम बरामद भएको हाे ।
आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

















Discussion about this post