चैत २१ गते। सर्लाहीमा एक वृद्धाको हत्या भएको छ ।
सर्लाहीको वाग्मती नगरपालिका-४ स्थित जिरायतका बैजु महतोको ७० वर्षीया श्रीमती पार्वती महतोको हत्या भएको हो । आफ्नै घरमा हत्या भएको अवस्थामा मंगलबार साँझ ६ बजे शव फेला परेको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न भएको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरिएका छन् । उनका अनुसार हत्या घटनाबारे विस्तृत विवरण भने एकीन हुन बाँकी छ । मृतकको अनुहारमा चोट देखिएको तथा शव नजिकै रगत लागेको काठको टुक्रा समेत फेला परेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दयानिधि ज्ञवाली जानकारी दिए ।

















Discussion about this post