चैत १९ गते।सिरहामा एसईई परीक्षा अन्तर्गत आइतबार भएको अनिवार्य गणित विषयको प्रश्न पत्र आउट गर्ने एकजना पक्राउ परेका छन् ।
पश्नपत्र आउन गर्ने सुखीपुर नगरपालिका ७ स्थित रजै माध्यमिक विद्याल बलही परीक्षा केन्द्रबाट गोलबजार नगरपालिका १३ का १८ वर्षीय पप्पु कुमार सिंहलाई प्रहरले पक्राउ गरेको हो ।उनले परीक्षा केन्द्र बाहिर कबिता फोटो स्टुडियोमा गई प्रश्न पत्रको उत्तर लेखी ३० प्रति फोटोकपी समेत गरी प्रश्न पत्रको गोपनियता गरेको आरोपमा पक्राउ परेका हुन् ।त्यस्तै परीक्षा केन्द्रमा लगिएको १३१ वटा मोबाइल प्रहरीले जफत गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सिरहाबाट अनुगमनको लागि खटिएका परीक्षा अनुगमन टोलिले विभिन्न परीक्षा केन्द्रहरूबाट १३१ थान मोबाइल र १८ थान स्मार्ट घडी जफत गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

















Discussion about this post