चैत १७ गते। रौतहटबाट प्रतिबन्धित लागूऔषध गाँजा सहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा फतुवाबिजपुर नगरपालिका ११ भैसही टाेलका ६३ वर्षीय दयालाल पासवान रहेका छन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गौर र प्रहरी चौकी दुधिअवाका प्रमुख सई प्रभु साहको कमान्डमा गएको संयुक्त टोलीले पासवानको घर खानतलासी गर्दा लुकाई छिपाई राखेको १७ किलो ५०० ग्राम गाँजा बरामद गरेको प्रवक्ता गिरीले जानकारी दिएकी छिन्।
पासवानलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय लक्ष्मिनिया विजयपुरमा राखी लागूऔषध सम्बन्धी कसुर शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















Discussion about this post