चैत १६ गते। बारामा एसईई परीक्षामा अनियमित कार्य गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
परीक्षार्थीलाई चिट चोराएको आरोपमा कलैया उपमहागरपालिका २ स्थित अमर माविका शिक्षक सुरेन्द्र यादव र आदर्श कोतवाल गाउँपालिकाको जनता माविमा कार्यरत गार्ड विनोद यादव पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार सुरेन्द्रले मोबाइलमार्फत र विनोदले नक्कली गार्ड बनेर परीक्षार्थीलाई चिट चोराएका थिए । उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

















Discussion about this post