जनकपुरधाम/चैत १३ गते। होली पर्व को अवसरमा एकीकृत चाईल्ड क्लबका विद्यार्थीहरुले जनजाती कल्याण आश्रम नेपाल जनक छात्रावास विद्यार्थीहरु संग होली पर्व मनाएका छ्न ।
कायापलटद्वारा संरक्षित संस्था एकीकृत चाईल्ड क्लबद्वारा आज तराईमा पर्न गएकाे हाेली पर्वकाे अवसरमा जनकपुरधाम स्थित रहेकाे जनक छात्राबासमा शुभकामना सहित हाेली मनाएका छन् । एकिकृत बाल क्लबका अध्यक्ष हिमानी आभ्याकाे संयाेजनमा भएकाे उक्त कार्यक्रममा कायापलट तथा एकिकृत बाल क्लबद्वारा आवश्यक शैक्षिक सामाग्री समेत वितरण गरिएकाे छ ।
जनक छात्रावासमा घर देखि टाढाका बिद्यार्थीहरु हुन्छन् र उनीहरुलाई यस्तो चाडपर्व घर परिवार संग मनाउन नपाउदा एक्लोपन र नरमाईलो महशुस हुने हुन्छ। त्यही भएर उनीहरुलाई यस्तो महशुस नहोस भने उक्त कार्यक्रमको आयोजना गरिएको एकिकृत बाल क्लबका अध्यक्ष हिमानी आभ्याले बताए।
साथै २५ बढी बाल क्लब सदस्य तथा कायापलटका प्रतिनिधिकाे साथमा छात्राबासमा रहेका बालबालिकामा हाैसला तथा सप्तरंङ्गी खुसी प्रदान गरिएकाे छ ।
कार्यक्रममा एकिकृत बाल क्लबका अध्यक्ष हिमानी आभ्या,उपाध्यक्ष सन्तोष झा,कायापलट महासचिव मुस्कान सिंह,कायपलटका कोषाध्यक्ष बलराम साह र लियो क्लब अफ जनकपुरधामका सचीव विकाश साहको उपस्थिति रहेको थियो।

















Discussion about this post