nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महामूर्ख उपाधि सभामुख मण्डललाई

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र १२, २०८०, १०:०६ मध्यान्ह
महामूर्ख उपाधि सभामुख मण्डललाई

जनकपुरधाम/चैत १२ गते। जनकपुरधाममा एउटा यस्तो महोत्सव हुन्छ, जहाँ महामुर्ख बन्न तछाड मछाड हुन्छन्। जो सबैको सामुन्ने विना कुनै संकोच भन्न र स्विकार गर्छन्, कि म‘महामुर्ख’हुँ। जनकपुरधाममा हुने एउटा सम्मेलन, जहाँ सबैभन्दा ठूलो मुर्ख अर्थात (महामुर्ख) को उपाधि लिन तछाड–मछाड हुन्छ। त्यो महामुर्खको उपाधि लिन सामान्य व्यक्ति मात्र नभई समाजमा ‘विद्वान’ कहलिएका राजनीतिज्ञ, बुद्धिजीवि, लेखक, साहित्यकार, कलाकार, पत्रकार नेताहरुबीच प्रतिस्पर्धा हुन्छ। प्रतिस्पर्धामा उत्रिने मध्ये एकजनाले ‘महामुर्ख’को उपाधि पाउँछन्। भने अन्य प्रतिस्पर्धीहरु विभिन्न शीर्षकमा ‘मुर्ख’को उपाधि पाउँछन्। यसैबीच महामुर्ख सम्मेलन- २०८० मा मधेश प्रदेशका सभामुख ‘महामुर्ख’भएका छन्। जनकपुरधामस्थित मिथिला नाट्यकला परिषद्ले (मिनाप) प्रत्येक वर्ष आयोजना गर्ने व्यङग्यात्मक सांस्कृतिक कार्यक्रम महामुर्ख सम्मेलनमा सभामुख मण्डलसहित १३ जनालाई अन्य उपाधि प्रदान गरिएको छ।को-को मुर्ख, अनि के उपाधि ? 

मैथिली तथा भोजपुरी भाषा साहित्यमा रुचि राख्ने सभामुख मण्डललाई यस वर्षको महामुर्खको उपाधिबाट सम्मान गरिएको छ। मधेशका अर्थ मन्त्रालयका सचिव शिवाचन्द्र शिवाकोटीलाई पटमुर्खको उपाधि र मुर्ख महामण्डलेश्वरको उपाधि कथाकार प्रेम विदेह ललनलाई प्रदान गरिएको छ।

त्यसैगरी सदाबहार मुर्खको उपाधि प्राध्यानाध्यापक महाविर दास, बैशाखानन्दनको उपाधि अभियानी दिनेश पुर्वे, साहित्यकार नित्यानन्द मण्डललाई खेसारीलाल, दाता परिवार शुभाषचन्द्र साहलाई स्थायी मुर्ख, ग्रामिन परवाहास्थित युवा नाट्य परिषदलाई र्निविकल्प मुर्ख र महोतरी पिपरा नगरपालिकाकी उपप्रमुख बन्दना पाण्डेलाई दिलतोरियाको उपाधि प्रदान गरिएको छ। यसका आलावा हरिप्रियाको उपाधि मिथिला चित्रकार सुधिरा कर्ण, लोहाशंकरको उपाधि क्रिकेटर हरिशंकर साह, बुरिराजको उपाधि योगगुरु विमल पण्डित, बज्रकिटको उपाधि योगेन्द्र पण्डित र सोटाचन्दको उपाधि अनिकेत अग्रवाललाई प्रदान गरिएको छ। मैथिली भाषा, साहित्य, कला, गित संगीत र नाटय क्षेत्रमा काम गर्दै आएको मिनापले २८ वर्षदेखि होरी महोत्सव र महामुर्ख सम्मेलन गरि होलीमा दुई दिवसीय कार्यक्रम गर्दै आएको छ।

हालसम्म को–को भए ‘महामुर्ख’?

२०६१ सालबाट हुँदै आएको महामूर्ख सम्मेलनमा पहिलो महामूर्खको उपाधि मैथिली कवि नरेश ठाकुर, २०६२ मा एमाले नेता शीतल झा, २०६३ मा जनकपुर नगरपालिकाका तत्कालीन मेयर हरिबहादुर बिसी, २०६४ मा सद्भावना नेता ओमकुमार झा, २०६५ मा वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल, २०६६ मा पूर्वमन्त्री एवं नेकपाका नेता रामचन्द्र झा भएका थिए।

२०६७ मा नेपालका चर्चित राजनीतिक विश्लेषक सिके लाल, २०६८ मा साहित्यकार रामभरोष कापडि़ भ्रमर, २०६९ मा नेपाली काँग्रेस धनुषाका सभापति रामसरोज यादव, २०७० मा तमलोपाका पूर्व सभासद डा. विजय कुमार सिंह र २०७१ मा एमाले नेता एवं सांसद शत्रुधन महतोलाई प्रदान गरिएको थियो।

यसैगरी २०७२ सालमा स्मशान घाट (स्वर्गद्वारी) बनाएर चर्चा बटुलेका पवन सिंघानियालाई महामुर्खको उपाधि प्रदान गरिएको थियो भने २०७३ सालमा मधेश आन्दोलनको क्रममा कार्यक्रम स्थगित गरिएको थियो। गत वर्ष अर्थात २०७४ सालमा राष्ट्रियसभा सदस्य एवं राजपाका उपाध्यक्ष वृषेशचन्द्र लाल, २०७५ सालमा जनकपुरधाम उप–महानगरपालिकाका मेयर लालकिशोर साह र २०७६ सालमा प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीलाई महामुर्खको उपाधि प्रदान गरिएको थियो। २०७७ सालमा महजोडि हरिवंश तथा मदनकृष्ण श्रेष्ठ, २०७८ मा प्रा.डा. तथा नीति तथा योजना आयोगका उपाध्यक्ष भोगेन्द्र झा, २०७९ मा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साह र यस वर्षमा मधेशका सभामुख रामचन्द्र मण्डललाई महामुर्ख घोषित गरिएको छ।

 

Discussion about this post

Related Posts

यी हुन शाहरुख र दीपिका जाेडीका ५ सुपरहिट फिल्म

यी हुन शाहरुख र दीपिका जाेडीका ५ सुपरहिट फिल्म

प्रधानमन्त्री बालेनसँग परराष्ट्र र ऊर्जामन्त्री मात्र भारत जाने

प्रधानमन्त्री बालेनसँग परराष्ट्र र ऊर्जामन्त्री मात्र भारत जाने

राष्ट्रपति पौडेलले गरे ३.३९९ मिटर सुरुङको ब्रेक थ्रु

राष्ट्रपति पौडेलले गरे ३.३९९ मिटर सुरुङको ब्रेक थ्रु

प्रदर्शनकाे १२ दिनमै १,४०० करोड क्लबमा प्रवेश गर्‍यो ‘रामायण’

प्रदर्शनकाे १२ दिनमै १,४०० करोड क्लबमा प्रवेश गर्‍यो ‘रामायण’

कुष्माण्ड नवमीमा अमलाको पूजा र कुभिन्डो दान गर्ने परम्परा

कुष्माण्ड नवमीमा अमलाको पूजा र कुभिन्डो दान गर्ने परम्परा

पाचन र मुटुको स्वास्थ्यका लागि दैनिक एभोकाडो खानुका ५ फाइदा

पाचन र मुटुको स्वास्थ्यका लागि दैनिक एभोकाडो खानुका ५ फाइदा

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि