गिरिजानन्द साह/जनकपुरधाम/चैत ३ गते । जनकपुरधाम स्थित बाह्रबिघा मैदानमा जसपा र जनमत पार्टी बीच भएको मैत्रीपूर्ण क्रिकेट खेलमा जनमत ८ विकेटले विजय भएको छ । 
शनिबार रंङ्गभूमि मैदान बाह्रबिघामा भएको जसपा र जनमत पार्टी बीच मैत्रीपूर्ण क्रिकेट खेल भएको थियो । जसमा जसपा पार्टीले टस जितेर पहिला ब्याटिङ गरेको थियो। जसपा पार्टीका खेलाडीहरुले निर्धारित १२ ओभरको खेलमा ब्याटिङ गर्दै ७ विकेट गुमाएर ६७ रन बनाएको थियो ।
जसपाको तर्फवाट ब्याटिङ गरेको खेलाडीहरु मध्ये पंकजले सर्वाधिक ३५ रन बनाए भने रुपेशले ९ रन बनाए । जनमतको तर्फ बाट बलिङ गरेको मध्ये रवीन्द्रले ४ विकेट लिए।
जवाफमा ब्याटिङ्ग गर्न आएको जनमत पार्टीको टिमले ओभरमा ६.३ ओभरमा २ विकेटको गुमाउँदै ६९ रन बनाएर ८ विकेटले खेल जित्यो। जनमतको तर्फबाट रविन्द्रले सर्वाधिक ३२ रन र अमजदले २३ रन बनाएका थिए। जसपाको तर्फ बाट बलिङ गरेका रुपेशले २ विकेट लिएका थिए। उक्त खेलमा जनमत पार्टीको तर्फबाट रवीन्द्र म्यान अफ द म्याच भए ।
जनकपुर स्पोर्टस क्लव र न्यु भिजन नेपालको आयोजनामा जनकपुरधामको बाह्रबिघा मैदानमा भईरहेको टाटा पेन्टस दोस्रो अन्तर कलेज क्रिकेट च्यम्पियनसिप २०८० प्रतियोगिताको सेमिफाइनल र फाईनल खेलको बीचमा रहेको खाली समयमा मैत्रीपुर्ण खेल खेल्न यस प्रतियोगिताको संयोजक अम्भु प्रसाद साहले विभिन्न संघ संस्थालाई आग्रह गर्दा युवा राजनीतिकर्मीहरु स्व स्फुर्त रुपमा मैत्रीपुर्ण खेल खेलेका थिए ।
टाटा पेन्टस दोस्रो अन्तर कलेज क्रिकेट च्यम्पियनसिप २०८० प्रतियोगिता अन्तर्गत भोलि आइतबार पहिलो समिफाइनल राराब कॉलेज भर्सेज धनुषा साइन्स कॉलेज र दोस्रो सेमिफाइनल मोनास्टिक भर्सेज बि.पी. मेमोरियल कॉलेजको खेल हुनेछ ।
















Discussion about this post