गिरिजानन्द साह/चैत २ गते। युवा राजनीतिकर्मी मैदानमा देखिने भएका छ्न।
भोलि (चैत ३ गते) शनिबार जनकपुरधामको बाह्रबिघा मैदानमा कुनै राजनीति गतिविधिको लागि हैन कि मैत्रीपुर्ण क्रिकेट खेलका लागी राजनितीकर्मीहरु मैदानमा देखिने भएका हुन। खेल र खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले युवा राजनीतिकर्मी मैत्रीपुर्ण खेल खेल्ने भएका छ्न।
जनकपुर स्पोर्टस क्लव र न्यु भिजन नेपालको आयोजनामा जनकपुरधामको बाह्रबिघा मैदानमा भईरहेको टाटा पेन्टस दोस्रो अन्तर कलेज क्रिकेट च्यम्पियनसिप २०८० प्रतियोगिताको सेमिफाइनल र फाईनल खेलको बीचमा रहेको खाली समयमा मैत्रीपुर्ण खेल खेल्न यस प्रतियोगिताको संयोजक अम्भु प्रसाद साहले विभिन्न संघ संस्थालाई आग्रह गर्दा युवा राजनीतिकर्मीहरु स्व स्फुर्त रुपमा मैत्रीपुर्ण खेल खेल्न लागेका हुन।
खेलले शरीरलाई सन्तुलित र स्वस्थ्य राख्न मद्दत गर्ने भएकोले खेल प्रत्येक व्यक्तिको जीवनमा आवश्यक रहेकोले समय समयमा यस्तो खालको मैत्रीपुर्ण खेल खेलाउने गरिएको प्रतियोगिताको संयोजक अम्भु प्रसाद साहले बताए।
भोलि हुने युवा राजनीतिकर्मीहरुको मैत्रीपुर्ण क्रिकेट खेलमा जसपा,जनमत,माओवादी केन्द्र,काङ्ग्रेस,एमाले,नेकपा एस,रास्वपा पार्टी र राष्ट्रिय मुक्ति क्रान्ति अभियानका युवा नेताहरुको टीमले खेल्ने छ्न। चैत ३ गते शनिबार बिहान ८ बजे पहिलो खेल,१० बजे दोस्रो खेल,१२ बजे तेसो खेल र दिउँसो २ बजे चौथो खेल हुने आयोजकले जानकारी दिएका छन। राजनीतिकर्मीहरु राजनीतिको मैदानमा त आफ्नो कमाल त देखाई नै रहेको हुन्छ तर खेल मैदानमा कस्तो कमाल देखाउछ त्यो हेर्न भने भोलि कुर्नुपर्ने हुन्छ।

















Discussion about this post