गिरिजानन्द साह/जनकपुरधाम/चैत २ गते । जनकपुरधाममा आयोजित टाटा पेन्टस दोस्रो अन्तर कलेज क्रिकेट च्यम्पियनसिप २०८० प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा याज्ञवल्क्य संस्कृत कॉलेज ज्ञानकूपलाई पराजित गर्दै धनुषा साईन्स कॉलेज सेमिफाइनलमा प्रवेश गरेको छ।
शुक्रबारको खेल धनुषा साईन्स कॉलेज र याज्ञवल्क्य संस्कृत कॉलेज ज्ञानकूप बीच भएको थियो जसमा याज्ञवल्क्य संस्कृत कॉलेजले टस जितेर पहिला ब्याटिङको गरेको थियो । ब्याटिङ सुरु गरेको याज्ञवल्क्य संस्कृत कॉलेजका खेलाडीहरु १६.५ ओभरमा ऑलआउट हुँदै ७२ रन बनाउदै प्रतिद्वन्द्वी टिमलाई जितको लागि ७३ रनको झिनो लक्ष्य दिएको थियो । याज्ञवल्क्य संस्कृत कॉलेजको टिमका लागि धिरजले १२ रनको योगदान दिएको थियो ।
धनुषा साईन्स कॉलेजको तर्फबाट लागि बलिङ गरेका अजयले ४ विकेट लिन सफल भएको थियो । खेलमा जवाफि ब्याटिङका लागि आएका धनुषा साईन्स कॉलेजका ब्याट्सम्यानहरुले ८.२ ओभरमा २ विकेटको क्षतिमा सजिलै ७३ रन बनाउन सफल भयो र उक्त धनुषा साईन्स कॉलेजले ८ विकेटले जित्न सफल भयो। आजको खेल जित्दै धनुषा साईन्स कॉलेज सेमिफाइनलमा प्रवेश गरेको छ। धनुषा साईन्स कॉलेजका खेलाडीहरु मध्ये पप्पुले २९ रन र अमनले १५ रनको योगदान दिएका थिए । याज्ञवल्क्य संस्कृत कॉलेजको टिमका लागि बलिङ गरेका रोशनले १ विकेट लिन सफल भएको थियो । यस खेलको म्यान अफ दी म्याच धनुषा साईन्स कॉलेजको खेलाडी अजय यादव भएको थियो। यस खेलको म्यान अफ द म्याचको उपाधी जसपा नेपालका नगर अध्यक्ष बिशुनदेव साह र नेपाली कांग्रेसका नगर सचीव तथा राजदेवी युवा कमिटीका अध्यक्ष शुभाष पाठक द्वारा प्रदान गरिएको थियो ।
आज सम्म भएको लिग खेल बाट राराब कॉलेज,मोनास्टिक कॉलेज,बि.पि. मेमोरियल कॉलेज र धनुषा साईन्स कॉलेज सेमिफाइनलमा प्रवेश गरेको छ। अब आइतबार पहिलो समिफाइनल राराब कॉलेज भर्सेज धनुषा साइन्स कॉलेज र दोस्रो सेमिफाइनल मोनास्टिक भर्सेज बि.पी. मेमोरियल कॉलेजको खेल हुनेछ ।
प्रतियोगितामा जम्मा ८ वटा क्याम्पसले भाग लिएका छन् । खेल आइसीसी मान्यता अनुसार भइरहेको छ भने यो प्रतियोगिता जनकपुर स्पोर्टस क्लव र न्यु भिजन नेपालको आयोजनामा भईरहेको छ।
















Discussion about this post