nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धनुषाका आनन्द साह लगायत १० नेपाली विद्यार्थीहरुको परिवारलाई इजरायल सरकारले आजीवन भत्ता दिने

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र २, २०८०, १०:२९ बिहान
इजरायलमा मारिएका धनुषाको आनन्द साह थिए परिवारको एक्लो छोरा, मृ त्युको खबरले सिँगो गाउँ शोकमग्न

चैत २ गते। इजरायलमा अक्टोबर ७ मा हमास विद्रोहीको आक्रमणमा मृत्यु भएका धनुषाका आनन्द साह लगायत १० नेपाली विद्यार्थीहरुको परिवारलाई इजरायल सरकारले आजीवन भत्ता दिने निर्णय गरेको छ ।

चरमपन्थी संगठन हमासको आक्रमणमा परी बेपत्ता कञ्चनपुरका विपिन जोशीको परिवारलाई पनि भत्ता उपलब्ध गराइएको छ । इजरायली राजदूत हनान गोडरले मंगलबार उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर यसको जानकारी गराएका छन् ।

इजरायलको प्यालेस्टाइन सीमावर्ती सहरमा २० असोजमा हमास समूहले गरेको आक्रमणमा किबुजस्थित कृषि फार्ममा इन्टर्न गरिरहेका १० नेपाली विद्यार्थीको निधन भएको थियो । आक्रमणमा परेका कञ्चनपुरका जोशी अझै बेपत्ता छन् । उनलाई बन्धक बनाइएको बताइएको छ । पटक–पटकको प्रयासमा पनि उनको रिहाइ हुन सकेको छैन । राजदूत गोडरका अनुसार मारिएका विद्यार्थीका बुबा–आमालाई इजरायल सरकारले आजीवन भत्ताको व्यवस्था गरेको छ । त्यस्तै, हमासको बन्धक रहेका जोशीसहित एक सय ३४ जनाको परिवारलाई पनि मासिक रूपमा भत्ता दिन थालिएको उनले बताए ।

आक्रमणमा परेर निधन भएका नेपालीका परिवारजनलाई इजरायली कानुनअनुसार त्यहाँकै नागरिकसरह आजीवन भत्ता दिन थालिएको राजदूत हनान गोडरले बताए । ‘इजरायलमा रहेका नेपालीहरू हाम्रा अतिथि होइनन्, हाम्रो परिवारका सदस्य हुन् । हाम्रो कानुनले आतंककारी हमलाका इजरायली र नेपाली पीडितलाई समान व्यवहार गर्दछ,’ राजदूत गोडरले नयाँ पत्रिकासँग भने, ‘आतंककारी हमलामा मारिएका नेपाली विद्यार्थीहरूको परिवारलाई जीवनभरिका लागि मासिक भत्ता आउन थालेको छ । परिवारको नेपाली बैंकको खातामा स्टेट इन्सुरेन्स अफ इजरायलबाट सीधै पैसा पठाउन थालिएको छ ।’

राजदूत गोडरले मृतकका परिवारलाई उल्लेख्य रकम आउन थालेको बताए तर, उनले रकम खुलाएनन् । ‘सुरुमा कागजपत्र मिलाउने प्रक्रियागत काम मिलाउन अलिक समय लाग्यो, पीडित परिवारले अहिले नियमित रूपमा आजीवन भत्ताका रूपमा रकम पाइरहेका छन्,’ राजदूत गोडरले भने, ‘उहाँहरूले परिवारजन गुमाउनुभएको छ । त्यसको क्षतिपूर्ति केहीले पनि हुँदैन । तर, इजरायलको कानुनअनुसार उहाँहरूलाई जीवनभरि भत्ताको व्यवस्था गरेका छौँ ।’ गत भदौमा इजरायल गएका सुदूरपश्चिम विश्वविद्यालयका ४९ जना विद्यार्थीमध्ये हमासको हमलामा १० जनाको निधन भएको थियो । इजरायल सरकारको सहयोगमा मृतक सबैको शव नेपाल ल्याइएको थियो । तत्कालीन परराष्ट्रमन्त्री एनपी साउदले इजरायल पुगेरै कतिपय नेपालीलाई उद्दार गरेर ल्याएका थिए ।

हमासको हमलामा घोडाघोडी– ४ कैलालीका नारायणप्रसाद न्यौपाने, जयपृथ्वी– ६ बझाङका गणेशकुमार नेपाली, बौनियाँ– ३ कैलालीका आशिष चौधरी, लेखम– ५ दार्चुलाका दीपेशराज बिष्ट, पचनली– ३ डोटीका राजन फुलारा, लामिखाल– ८ डोटीका पदम थापा, शारदा– ३ सल्यानका प्रवेश भण्डारी, मल्लिकार्जुन– ४ दार्चुलाका लोकेन्द्रसिंह धामी, सपही– ६ धनुषाका आनन्द साह, मधुवन– १ सुनसरीका राजेशकुमार स्वर्णकारको मृत्यु भएको थियो ।

आक्रमणस्थलबाटै त्रिवेणी– १ सल्यानका प्रमोद केसी र भजनी त्रिशक्ति– ४ कैलालीका वीरेन्द्र चौधरीलाई उद्दार गरेर इजरायली प्रहरीले राजधानी तेलअभिभ हुँदै नेपाल पठाएको थियो । ग्रिनेटको छर्रा लागेर शारदा– २ सल्यानका विधान सेजवाल, डाँगीशरण– ३ दाङका रविन डाँगी, टीकापुर– ९ कैलालीका धनबहादुर चौधरी र गोर्खा– ८ गोर्खाका हिमाञ्चल कट्टेल घाइते भएका थिए ।

मृतक १० जना विद्यार्थी सुदूरपश्चिम विश्वविद्यालयबाट बिएस्सी एग्रिकल्चर अध्ययन गरेर इजरायलमा लन एन्ड अर्नअन्तर्गत ११ महिनाका लागि इन्टर्न गर्न गएका थिए । उनीहरूसहित सुदूरपश्चिम विश्वविद्यालयका ४९ जनाको समूह २७ भदौमा नेपालबाट इजरायल गएको थियो । नेपाल र इजरायलबीच भएको सम्झौताअनुसार उनीहरू कृषि कार्यका लागि गएका थिए ।

इजरायी राजदूत गोडरले मंगलबार उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग सिंहदरबारमा भेटेर परिवारजनले आजीवन भत्ता पाउन थालेको जानकारी दिएका थिए । राजदूत गोडर पीडित परिवारका घरमा पनि पुगेका छन् । ‘म केही पीडित परिवारको घरमा पुगेको छु । म सबैको घर पुग्नेछु । त्यसलाई मैले आफ्नो दायित्व ठानेको छु,’ गोडरले भने ।

राजदूत गोडरले कञ्चनपुरका विपिन जोशी हमासको कब्जामा रहेको र उनीसहित १३४ जनाकै मुक्तिका लागि इजरायलले प्रयास गरिरहेको बताए । ‘नेपालले आफ्ना कूटनीतिक च्यानल र सम्पर्कहरूको प्रयोग गर्नुपर्छ । हामी पनि आफ्नो ठाउँबाट दायित्व निर्वाह गर्छौँ,’ गोडरले भने, ‘इजरायलको सेनाका तर्फबाट जोशीको परिवारलाई यसबीचमा भिडियोमार्फत कुराकानी गरिएको छ । इजरायलका लागि नेपाली राजदूत र म पनि त्यो भिडियो कन्फरेन्समा सहभागी थियौँ । हामी आफ्नो ठाउँबाट जोशीको मुक्तिका लागि प्रयासरत छौँ ।’ गोडरले जोशीलाई आफूले व्यक्तिगत रूपमा चिनेको र उनलाई इजरायल जाने वेलामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफैँले बिदाइ गरेको पनि सुनाए ।

Tags: राष्ट्रिय खबर

Discussion about this post

Related Posts

जेन–जी आन्दोलनको पूर्ण प्रतिवेदन सार्वजनिक गर्न आयोगसमक्ष मानव अधिकारकर्मीहरुको माग

जेन–जी आन्दोलनको पूर्ण प्रतिवेदन सार्वजनिक गर्न आयोगसमक्ष मानव अधिकारकर्मीहरुको माग

सर्भेयरलाई पेशागत मर्यादा र व्यावसायिकता कायम गर्न प्राधिकरणको जोड

सर्भेयरलाई पेशागत मर्यादा र व्यावसायिकता कायम गर्न प्राधिकरणको जोड

नेपाल भन्दा २० किमी पर तिब्बतमा हिम चट्टान पहिरो जाँदा बाढीः बिपद प्राधिकरण

नेपाल भन्दा २० किमी पर तिब्बतमा हिम चट्टान पहिरो जाँदा बाढीः बिपद प्राधिकरण

तिब्बतको बाढी प्रकोप प्रति चिनियाँ राष्ट्रपतिको बिशेष निर्देशन

तिब्बतको बाढी प्रकोप प्रति चिनियाँ राष्ट्रपतिको बिशेष निर्देशन

भोटेकोशी र त्रिशुलीका तटिय तीन जिल्ला ‘संकटग्रस्त क्षेत्र घोषणा

भोटेकोशी र त्रिशुलीका तटिय तीन जिल्ला ‘संकटग्रस्त क्षेत्र घोषणा

रसुवा र नुवाकाेटकाे तटीय क्षेत्रमा धेरै मानवीय क्षतिः नुवाकोट सहायक प्रजिअ

रसुवा र नुवाकाेटकाे तटीय क्षेत्रमा धेरै मानवीय क्षतिः नुवाकोट सहायक प्रजिअ

रसुवा बाढीः खोज तथा उद्धारमा १२ हेलिकोप्टर परिचालन

रसुवा बाढीः खोज तथा उद्धारमा १२ हेलिकोप्टर परिचालन

प्रगति विवरण बुझाउने बालबालिका समितिको निर्णय 

प्रगति विवरण बुझाउने बालबालिका समितिको निर्णय 

राजामौलीको ‘वाराणसी’ अब ५० बढी भाषामा हुनेछ रिलिज

राजामौलीको ‘वाराणसी’ अब ५० बढी भाषामा हुनेछ रिलिज

केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण

केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि