सिरहा/चैत २ गते। सिरहाबाट प्रतिबन्धित लागूऔषध एकजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सिरहाको कर्जन्हा नगरपालिका २ बस्ने २७ वर्षीय राजेश ठाकुर रहेका छन् ।
सिरहाको औरही गाउँपालिका १ दरैहियाचोकस्थित प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल आउँदै गरेका ठाकुरलाई चेकजाँचका गर्ने क्रममा १७.६९ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।ठाकुरबाट को ४ पं ८२८४ नम्बरको होन्डा साइन मोटरसाइकल र लागूऔषध समेत बरामद गरिएको प्रहरीले बताए । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।















Discussion about this post