nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मिथिलाञ्चलमा सामा चकेवा पर्वको तयारी सुरु,यसरी मनाइन्छ पर्व

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर १, २०७७, ५:२८ मध्यान्ह
मिथिलाञ्चलमा सामा चकेवा पर्वको तयारी सुरु,यसरी मनाइन्छ पर्व

जनकपुरधाम। मिथिलाञ्चलको प्रसिद्ध सांस्कृतिक पर्व सामा चकेवाका लागि आजदेखि माटोको आकृति बनाउने कार्य शुरू भएको छ । सामा चकेवा बहिनी/दिदीद्वारा भाइ र दाजुको दीर्घायुको सम्पन्नताका लागि कामना गरिने पर्व हो । यो पर्व द्वितीया तिथिदेखि पूर्णिमासम्म मनाइन्छ ।

द्वितीया तिथिका दिन बहिनी/दिदीले सामा चकेवा पर्वका लागि माटोको आकृति बनाउने कार्यको थालनी गरी छठ पर्वको खरना वा पारणदेखि पात्रहरूको आकृति बनाउने कार्यलाई तीव्रता दिने चलन रहेको छ । मिथिलाञ्चलको प्राचीन सामाजिक, पारिवारिक संस्कार र परम्परालाई इङ्गित गर्ने यो पर्व लोकनाट्यको एउटा रूप हो जसमा महिला सूत्रधार र पात्रमा माटोका मानव, पशु र चराको आकृति हुन्छन् ।

संस्कृतिविद् रामभरोस कापडि मानवीय संवेदनाका गहकिला पक्ष समेट्दै मौखिक परम्परामा जीवित रहँदै आजसम्म जीवन्त प्रस्तुति भइरहेको सामा चकेवा पर्व विशिष्ट सांस्कृतिक सम्पदा भएको बताउनुहुन्छ । उहाँका अनुसार भाइ बहिनीको प्रेम मुख्य आधार भएको यस पर्वले भाइको बहिनी र पति पत्नीको अमर प्रेम, समर्पण, उत्सर्ग र श्रद्धा प्रदर्शित गर्दछ ।

के छ सामा चकेवामा ?

सामा स्त्री र चकेवा पुरूष पात्र हुन् । दुइटैलाई चराका रूपमा माटोको बनाइएको हुन्छ । त्यस्तै अन्य पात्र पनि माटोकै बनाइन्छ । सामा चकेवा पर्व मनाउँदा दाजुको प्रशंसा तथा चुगला भन्ने पात्रलाई गाली दिने खालका गीत गाएर बहिनीहरू मनोरञ्जन गर्दछन् । छठको खरना वा पारणदेखि मैथिल ललनाहरू माटोको आकृतिहरू बनाई राति एउटा ढक्कीमा राखी दीप बाली घरबाट बाहिर अन्य साथीहरू मिलेर गीत गाउँदै चौरमा गई यो पर्व मनाउने गर्दछन् ।

परम्परागत विश्वासका आधारमा चौरमा सामा चकेवालाई शीत र दुबो खुवाउने चलन पनि छ । चौरमा सबै महिला आ–आफ्नो डाला एक ठाउँमा राखी चारैतिर वृत्ताकारमा बस्दछन् । यस पर्वमा पति पत्नीका बारेमा चुक्ली लगाउने छुल्याहा चुगला भन्ने पात्रको जुँगाको प्रतीक जुटलाई डढाउने काम हुन्छ । यो क्रम पूर्णिमासम्म चल्ने गरेको पाइन्छ । यसमा सामा चकेवालगायत चुगला, ढोलिया, भरिया, सतभइया, खञ्जनचिडैया, वनतीतर, झाँझी कुत्ता, भैया बटतकनी, मलिनियाँ र वृन्दावनलगायतका पात्र हुन्छन् ।

सामा चकेवा पर्वमा माटोको आकृति बनाएर दिदी बहिनीले मनोवाञ्छित फल प्राप्तिको कामना गर्दछन् । मूर्तिहरूलाई चलायमान गरी संवादको आनन्द उठाउँछन् । यसमा कुनै बेला वृन्दावनमा आगो लगाउँछन् र कुनै बेला चुगलाको मुख आगोले पोल्छन् । डालामा राखिएका सबै माटोका मूर्तिहरू त्यत्ति बेला जीवन्त भएर आउँछन् जब महिलाहरू त्यसलाई पात्रका रूपमा उभ्याएर गीति संवाद बोल्छन् ।

कथा तत्व

मिथिलामा सामा चकेवाको प्रचलन प्राचीन कालदेखिनै रहेको पाइन्छ । यसको सर्वप्रथम चर्चा पद्मपुराणमा पाइन्छ । यो पूर्णरूपमा भाइ बहिनीको प्रेममा आधारित छ । भाइको वीरता, उदारता र प्रशंसाको वर्णन, बहिनीको अद्भूत भ्रातृत्व प्रेमको चित्रण, चुक्ली गर्नेहरूको प्रतीक चुगला प्रवृत्तिको निन्दा, सामाको ससुराल जाने प्रसङ्गको मार्मिक क्षणजस्ता गीति संवाद र अभिव्यक्तिको छोटो कथातत्व बोकेको गीति संरचना रहेको छ ।

स्कन्द पुराणमा सामा चकेवाको कथा सप्रसङ्ग उल्लेख गरिएको छ । जसअनुसार श्यामा (सामा) र चकेवा पतिपत्नी हुन् । श्यामाका पिता कृष्ण छन् भने पति चारूवक्य (चकेवा) । चारूवक्य आश्रममा बस्दथे । श्यामा आफ्ना पतिलाई भेट्न आश्रम गइरहँदा चुगलाले कष्णकहाँ गई चुक्ली लगाए, “श्यामा कुनै मुनिसँग प्रेम गर्छिन रे !” कृष्ण रिसाएर श्राप दिई चरा बनाइदिए । भाइ शम्बलाई जब यो थाहा भयो, उनी छटपटिन थाले । बुवासँग अनुनय विनय गरे । केही सीप लागेन । अनि तपस्या शुरू गरे । कार्तिक पूर्णिमाका दिन तपस्या पूर्ण भयो र वरदानमा बहिनी श्यामा (सामा) को पूर्व रूपमा पाए । त्यसैले बहिनीद्वारा भाइका लागि यो पर्व मनाउने गरिन्छ ।

चारूवक्य पत्नी वियोग सहन गर्न नसकेर तपस्याकै भरमा चकेवाका रूपमा चरा हुन पुगे । चरा भएकी पत्नी सामासँग बस्न थाले । त्यसै क्रममा उनीहरूको बास रहेको वृन्दावनमा विरोधीहरूले आगो लगाए । उठीबास गर्न धेरै प्रयत्न गरे तर अन्ततः आफ्नो तपस्या र पराक्रमले उनीहरू पुनः मानव रूपमा अवतरण भएको आख्यान रहेको छ ।

केही गीत

यस पर्वमा मिथिलाञ्चलको पारिवारिक जीवन तथा लोक आस्थाको अटुट सम्बन्ध देखिन्छ । मानव मात्र होइन, घर परिवारमा रहने चरा, झाँझी कुत्ता, वनतित्तर र जङ्गली जीवनको अद्भूत समन्वय रूप देखिन्छ ।

समाज र परिवार जहाँ हुन्छ, त्यहीँ चुक्ली गर्ने, षड्यन्त्र गर्ने चुगला जस्ता पात्र हुन्छ । कठपुतली नृत्यको आभास दिने यो पर्वमा डोरीले होइन, हातले सञ्चालन हुन्छन् र महिलाहरू सूत्रधारका रूपमा जीवनका गाथाहरू लोक धुनको आधारमा गाउँछन् जसमा अपूर्व र विशिष्ट शैलीको जनजीवनकै उद्वेग प्रवाहित भइरहेको हुन्छ ।

महिलाहरू जब आ–आफ्नो घरबाट डालामा मूर्तिहरू राखी सामा खेल्न चौरतिर निस्किन्छन् तब उनीहरू गाउँछन् :

डालाले बहार भेली, बहिनी से पलाँ बहिनो
फलाँ भइया लेल डाला छीन, सुनु गे राम सजनी…………..।

भाइ र उनका परिवारजनको मङगल कामना गर्दै गाइने गीतमा जनकपुरधामको चर्चा आउनु महत्वपूर्ण सङ्केत गर्दछ । यसले जनकपुरको प्राचीनता र समृद्धितिर पनि इङ्गित गरेको प्रस्ट छ :

सिरी रे जनकपुरसँ आबि गेल भ्रमरा
लागि गेल पनमा दुकान………………. ।

जब चुगला बारी आउँछ, त्यसलाई बायाँ हातमा समाती त्यसको जुँगा भनी राखिएको सनपाट (जुट) मा दाहिने हातले आगो लगाउँदै निभाउँदै महिलाहरू यस प्रकारको गीत गाउँछन् :

धान–धान–धान, भइया कोठी धान
चुगला कोठी भुस्सा ……।

प्रतीकात्मक रूपमा भैयाकोठी धान र चामल भनी भाइको समृद्धिको कामना गरिन्छ भने चुक्ली लगाउने दुष्ट प्रवृत्तिको कोठीमा भुसा र खरानी भएको देखाएर तिरस्कृत र लाञ्छित गर्ने काम गरिएको छ ।

सम्पन्नतासँगै भाइ वीर र योद्धा पनि छन् । वृन्दावनमा आगो लाग्दा निभाउने कोही नभएको अवस्थामा बहिनीलाई भाइमाथि विश्वास भएको गीत यसरी गाइन्छ :

वृन्दावनमे आगि लागै
कोइ ने मिझावे हे
हमर भैया फलना भैया
दौडि –दौडि मिझाबे हे………..।

सामा चकेवाको विसर्जनको बेलाको गीत मर्मस्पर्शी हुने गरेको छ :

सामचको, सामचको अइह हे
जोतल खेतमे बइसिह हे…………….. ।

पूर्णिमाका दिन सामा चकेवालाई अर्को वर्ष फेरि कूड खेतमा आई बस्नु है भन्दै सबै माटोका पात्रहरूको विसर्जन गरिने चलन रहेको छ ।

Tags: धर्म संस्कृतिसमा चकेवा

Discussion about this post

Related Posts

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

जनकपुरधाम उपमहानगरको इन्धनदेखि विभिन्न सुविधामै करोडौँ खर्च

जनकपुरधाम उपमहानगरको इन्धनदेखि विभिन्न सुविधामै करोडौँ खर्च

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!