फागुन २८ गते । सर्लाही काे बागमती नगरपालिका वडा नं.१० बाट चार राउन्ड गाेली सहित दुई युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मंलगवा नगरपालिका–वडा नं.१ बस्ने २१ वर्षीय पोसन महरा राम र बागमती नगरपालिका–८ बस्ने वर्ष २४ को रञ्जित राम रहेका छन् ।
अस्थायी प्रहरी चौकी सोल्टी बरहथवा र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । शंकरपुर बाट सोल्टी तर्फ आउँदै गरेको बिआर–३० डब्लु–५८८३ नम्बरको मोटरसाइकलाई चेकजाँच गर्दा आरोपीहरूको साथबाट ४ राउन्ड गोली बरामद गरिएको सर्लाहीका एसपी दयानिधि ज्ञवालीले बताए ।
२१ वर्षीय पोसन महरा रामको साथबाट ८ एमएम को ४ राउन्ड गोली बरामद गरेपछि सोधपुछ गर्दा बागमती नगरपालिका–८ बस्ने रञ्जित रामको संलग्नता खुलेको थियो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

















Discussion about this post