फागुन २६ गते। सार्वजनिक बसमा यात्रा गरिरहेका यात्रुलाई बेहोस् बनाई लुट्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरिएका छन् । पक्राउ पर्नेमा भारतको बिहार पूर्वी चम्पारण जिल्ला बेतिया थाना जोगापट्टी ग्राम मछरगाव वडा नं २ का ३७ वर्षीय अखिलेश कुमार साह रहेका छन् ।
नारायणघाटबाट वीरगन्जतर्फ आइरहेको बसमा चढेका बारा आदर्श कोतवाल गाउपालिका-८ का उपेन्द्र मुखियालाई मिठाई र बिस्कुट खुवाई बेहोस् पारी उनीसँग रहेको ४१ हजार ५ सय रुपैयाँ र १ थान मोबाइल सेट चोरी गरी फरार भएका थिए ।प्रहरीले सूचना मिलनै वितीकै खोजतलासको क्रममा वीरगन्ज महानगरपालिका–१६ भानुचोकबाट साहलाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ । साहको साथबाट २७ हजार ४ सय १० रुपैयाँ र चोरीको एक थान मोबाइल समेत बरामद गरिएको हाे । यश सम्बन्धमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ
बहुल राष्ट्रिय राज्य नेपाल स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिका लागि जनकपुरमा बृहत् संवादत्मक कार्यक्रमको आयोजना गरिएको छ । राष्ट्रिय मुक्ति क्रान्ति मधेश ब्युरोले आयोजना गरेको सो कार्यक्रममा गाउँ गाउँबाट कार्यकर्ता तथा नेताहरू जनकपुर आएका छन् ।काठमाडौँबाट कार्यक्रमका लागि जनकपुर गएका बेला एयरपोर्टमा राजेन्द्र महतोलाई भव्य स्वागत गरिएको थियो । त्यसमा अधिकांश लोसपा नेपालका कार्यकर्ताहरू थिए । जनकपुर विमानस्थलबाट राजेन्द्र महतो कार्यकर्ताका साथ कार्यक्रम स्थलसम्म मोटरसाइकलमा नै गएका थिए । सो क्रममा कार्यकर्ताहरूले राष्ट्रिय मुक्ति क्रान्तिको नारा लगाएका थिए ।राष्ट्रिय मुक्ति क्रान्ति जिन्दाबाद र जय मधेश लेखिएका रातोपट्टी टाउकोमा बाँधेर सो पार्टीका नेता कार्यकर्ताहरू नाराबाजी गर्दै कार्यक्रम स्थलमा आएका थिए ।

















Discussion about this post