फागुन २२ गते। रौतहटको ईशनाथ नगरपालिका-१ जानपुलबाट स्रोत नखुलेको नगद १० लाख रूपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-३ बस्ने ३० वर्षीया रामरती मोक्तान र ३६ वर्षीय देवराज थिङ रहेका छन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी र प्रहरी कार्यालय बन्जरहाबाट संयुक्त रुपमा खटिएको टोलीले इशनाथ–१ स्थित भित्री सडकमा प्र ३–०१–०२३–च ५३८५ नम्बरको ब्रेजा गाडीलाई रोकेर चेकजाच गर्दा स्रोत नखुलेको १० लाख नेपाली रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
गाडीको पछाडी सिटमा बसेका देवराजले बोकेको कालो रङको झोलाबाट रकम बरामद भएको थियो । रकमको स्रोत्बारे सोधपुछ गर्दा केही बताउन नसकेपछि आवश्यक कारबाहीका लागि गाडीसहित दुवैलाई मंगलबार गौर भन्सार कार्यालय बुझाएको डीएसपी गिरीले जानकारी दिइन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

















Discussion about this post