nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

१५ दिवसीय माध्यमिकी परिक्रमा आगामी आइतवार (फागुन २७ गते) देखि सुरु हुने

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन २०, २०८०, ४:५४ मध्यान्ह
१५ दिवसीय माध्यमिकी परिक्रमा आगामी आइतवार (फागुन २७ गते) देखि सुरु हुने

फागुन २० गते। मिथिला माध्यमिकी परिक्रमा आगामी आइतवारदेखि सुरु हुने भएको छ। १५ दिवसीय माध्यमिकी परिक्रमा आगामी आइतवार (फागुन २७ गते) देखि धनुषाको मिथिला विहारी नगरपालिका–८ कौचरीस्थित मिथिला विहारी मन्दिरबाट किशोरीजीको डोलासहित सुरु हुनेछ।परिक्रमा सुरु हुने दिन नजिकिँदै गर्दा यसको तयारी पनि तिव्र बनाइएको छ।

मिथिला विहारी मन्दिरबाट झाँकी किर्तनसहित श्रद्धालुहरु प्रस्थान गरी सोही दिन साँझ जनकपुरको हनुमानगढी पुग्ने त्यहाँ जनकपुरकै सुन्दर सदन मन्दिरबाट किशोरीजी र रामजानकीसहित जनकपुरको अन्य मन्दिरबाट निकालिएको डोला जम्मा भइ राति विश्राम गर्नेछ।हनुमानगढीबाट फागुन २८ गते बिहानै भारत बिहार राज्यमा पर्ने कल्याणेश्वरको लागि यात्रुहरु प्रस्थान गर्नेछन्। कल्याणेश्वरबाट श्रद्धालु यात्रीहरु संकल्प लिइ विधिवत रुपमा परिक्रमा प्रारम्भ गरिनेछ। २९ गते भारतकै फुलहरस्थित गिरजास्थानमा पुगेर परिक्रमा यात्रीहरु राति विश्राम गरी ३० गते बिहान भारतबाट नेपाल महोत्तरीको ऐतिहासिक स्थान मटिहानी पुग्नेछ।
त्यसैगरी चैत्त १ गते जलेश्वरनाथ महादेव स्थानमा विश्राम गर्नेछ। २ गते मडै, ३ गते ध्रुबकुण्ड पुगेर रात्री विश्राम गर्नेछ। ४ गते कञ्चनवन पुगेर श्रद्धालु यात्रीहरुले त्रेतायुगमा भगवान राम र सीताले होली मनाएको धार्मिक मान्यता अनुसार उनीहरु पनि होली महोत्सव मनाउने गरेका छन्।५ गते धनुषाको पर्वतास्तिथ क्षीरेश्वरनाथ महादेवस्थानमा विश्राम गरिनेछ भने ६ गते धनुषाकै धनुषाधामस्तिथ धनुषमन्दिरमा पुगेर रात्रि बास बस्नेछ। ७ गते धनुषाकै सतोखर, ८ गते औरही र चैत्त ९ गते पुनः भारतको विहारस्थित करुण स्थानमा विश्राम तथा १० बिसौलमा पुगेर माध्यमिक परिक्रमा विधिवत रुपमा समापन हुनेछ।चैत्त ११ गते भारतको बिसौलबाट विहानै जनकपुर पुगेर भोलीपल्ट जनकपुरको पाँचकोसे नगर परिक्रमा गरी यात्र्हरु आ–आफनो घर फर्किने छन्।

परिक्रमामा सहभागी श्रद्धालु यात्रुहरु पराम्परागत बाजागाजा, झाँकी किर्तनसहित मौलिक पहिरनमा सहभागी हुन्छन्। परिक्रमा यात्रीहरु नेपालको १३ र भारतको २ गरी १५ विश्रामस्थलमा रात्री बास बस्छन्।मिथिला माध्यमिक परिक्रमा धनुषा, महोत्तरी र भारत बिहारको विभिन्न धार्मिक ऐतिहासकि स्थल समेट्ने नेपालको १२९ र भारतको ४ कुल १३३ किलोमिटर भू–भागको पैदल यात्रा गरिन्छ।१५ दिवसीय मिथिला माध्यमिक परिक्रमा तीन तरिकाले श्रद्धालुहरु १३३ किलोमिटर भु–भागकको परिक्रमा गरिन्छ। पहिलो श्राद्धालूहरु प्रत्येक पडाव (विश्रामस्थान) राती बास बसेर १५ दिनमा परिक्रमा गरिन्छ। दोस्रो पाँच दिन उक्त भु–भागको परिक्रमा गरिन्छ।

तेस्रो २४ घण्टा अर्थात एक दिनमै नेपाल भारतको १३३ किलोसमटरको भु–भागको परिक्रमा गरिन्छ। २४ घण्टे परिक्रमा सहभागी श्रद्धालु यात्रीहरु जुन स्थानबाट परिक्रमाको प्राराम्भ गरिन्छ। २४ घण्टा भित्रै उक्त स्थानमा पुगेर परिक्रमा सम्पन गरिन्छ। परिक्रमा प्रत्येक वर्ष नेपाल भारतको लाखौं श्रद्धालुहरु सहभागी हुँदै आएको छ। १८ औं शताब्दीदेखि धार्मिक यात्रालाई माध्यमिक परिक्रमाको रुपमा मनाइँदै आएको छ। धार्मिकयात्रा १५ दिनभित्र जनकपुर पुगी होली खेलेर फागु पूर्णिमा तिथि पारी समापन गर्ने परम्परा छ। यस परिक्रमा सहभागी भएमा मन, वचन र कर्मले भएका अनेकन पाप तथा अन्याय नष्ट भएर मनोकामा पूरा जनविश्वास छ।

 

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

यी हुन शाहरुख र दीपिका जाेडीका ५ सुपरहिट फिल्म

यी हुन शाहरुख र दीपिका जाेडीका ५ सुपरहिट फिल्म

प्रधानमन्त्री बालेनसँग परराष्ट्र र ऊर्जामन्त्री मात्र भारत जाने

प्रधानमन्त्री बालेनसँग परराष्ट्र र ऊर्जामन्त्री मात्र भारत जाने

राष्ट्रपति पौडेलले गरे ३.३९९ मिटर सुरुङको ब्रेक थ्रु

राष्ट्रपति पौडेलले गरे ३.३९९ मिटर सुरुङको ब्रेक थ्रु

प्रदर्शनकाे १२ दिनमै १,४०० करोड क्लबमा प्रवेश गर्‍यो ‘रामायण’

प्रदर्शनकाे १२ दिनमै १,४०० करोड क्लबमा प्रवेश गर्‍यो ‘रामायण’

कुष्माण्ड नवमीमा अमलाको पूजा र कुभिन्डो दान गर्ने परम्परा

कुष्माण्ड नवमीमा अमलाको पूजा र कुभिन्डो दान गर्ने परम्परा

पाचन र मुटुको स्वास्थ्यका लागि दैनिक एभोकाडो खानुका ५ फाइदा

पाचन र मुटुको स्वास्थ्यका लागि दैनिक एभोकाडो खानुका ५ फाइदा

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि