माघ ४ गते। जनकपुर जेसीज वर्ष २०२४ को कार्यकारिणी उपाध्यक्ष पदका लागी जेसी विकाश साहले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । माघ ५ गते जनकपुर जेसीज २०२४ को लागि नया कार्यसमितिको चुनाव हुन गइरहेको चुनावमा उनले उम्मेदवारी दिएका हुन् ।
उहाको जनकपुर जेसीजको यात्रामा वर्ष २०२२ मा शोसल कोर्डिनेटर, वर्ष २०२३ मा उपाध्यक्ष पदमा रहेको साहले बर्ष २०२४ को लागि कार्यकारिणी उपाध्यक्ष पदमा उम्मेदवारी दिएको हो ।

जेसिज “शासन व्यक्तिको होइन विधिको हुनुपर्दछ” भन्ने मुल नारा सहित स्थापित भएको संस्था हो। र जेसीज वर्ष २०२४ मा गर्ने जिम्मेवारी पाइयो भने आफुले अवसर र चुनौती को रूपमा लिने र आगामी दिनमा अग्रजहरुको ज्ञान, सीप र अनुभव एवम तालिमको माध्यमबाट युवाहरुलाई शशक्तीकरण गर्दै लैजाने जे सी विकाश साहले बताए । साथै जनकपुर जुनियर जेसिज र जनकपुर लेडि जेसिज को गठन गर्नका लागि आवश्यक पहल गर्ने बताएका छ्न।
सामाजिक कार्यहरुमा वहाँको अग्रनी भुमिका रहेको छ।विभिन्न संघ संस्था संग आवद्ध रहेर वहाँले विभिन्न सामाजिक कार्यक्रमहरु गरिरहेका कयौ उदाहरणहरु छ्न। जसका केही उदाहरण तस्वीरहरु बाट प्रष्ट बुझ्न सकिन्छ। केही दिन अगाडि मात्रै वहाँको पहलमा जनक छात्रावासमा रहेका विद्यार्थीहरुका लागि खाद्यान्न सामाग्री हस्तान्तरण,निशुल्क दन्त शिविर कार्यक्रम,मधुकेश्वर नाथ महादेब मन्दिर को प्राङ्गणमा फ्री हेल्थ क्याम्प जस्ता धेरै सामाजिक कार्यहरू गर्नु भएको छ।





















Discussion about this post