nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधामबाट पठाएका ५ सय थरी कोसेली अयोध्यालाई हस्तान्तरण

सजिलो पोस्ट सजिलो पोस्ट
पुस २१, २०८०, ९:३९ मध्यान्ह
जनकपुरधामबाट पठाएका ५ सय थरी कोसेली अयोध्यालाई हस्तान्तरण

जनकपुरधाम/पुस २१ गते। भारतको अयोध्यामा निर्मित राम मन्दिरका लागि नेपालबाट लगिएको करिब ५ सयथरी कोसेली शनिबार हस्तान्तरण गरिएको छ । जनकपुर जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले राम जन्मभूमि ट्रष्टका महासचिव चम्पत रायलाई कोसेली हस्तान्तरण गरेका हुन् ।

जनकपुरको जानकी मन्दिर परिसरबाट बिहीबार लगिएको कोसेलीमा सुनचाँदीका गरगहना, फलफूल, पान–मखान, कपडा, मिठाइका अनेक ब्यञ्जन, चाँदीकै थाल–बटुको, श्रृगारका सामग्री र फर्निचरलगायतका समान छन् । बाँसले बनाइएको चंगेरा (भाँडो) लाई रातो रंगले रंग्याएर रातो र पहेलो कपडाले कोसेली छोपिएको थियो ।

कोसेली हस्तान्तरण समारोहमा जनकपुर उपमहानगर प्रमुख मनोज साहले एउटा घरलाई चाहिने लगभग सबै सामग्री कोसेली लिएर आएको बताए । ‘हाम्री जनकपुरकी चेली सीताको ससुराली हो आयोध्या । उनको नयाँ घर (राम मन्दिर) बनेको छ, त्यो घरमा चाहिने सबै समान अर्पण गरेका छौं ।’

रामको ससुराली जनकपुरबाट आएको कोसेली लिँदै ट्रष्टका महासचिव रायले खुशी व्यक्त गरे । ‘माता सीताको माइतीबाट आएको कोसेली अद्भूत छ । यसले हामीलाई हर्ष प्रदान गरेको छ,’ उनले भने । फूलमालाले सजाइएका दुईवटा ट्रकमा कोसेली लिएर जानकी मन्दिरका उत्तराधिकारी महन्थ दाससहित जनकपुरका करिब ५ सय भन्दा बढी मानिस बिहीबार अयोध्या प्रस्थान गरेका थिए । लामो विवादपछि आयोध्यामा निर्माण गरिएको राम मन्दिरमा जनवरी २२ मा प्राणप्रतिष्ठा गर्ने कार्यक्रम छ ।

त्रेतायुगमा राम र सीताको विवाह हुँदा यसैगरी सयौं थरि कोसेली (भार) अयोध्या पठाइएको भनाइ छ । ट्रक, बस र जिप–कारमा कोसेली बोकेर अयोध्या प्रस्थान गरेका जनकपुरबासीलाई भने मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, कांग्रेसका नेता बिमलेन्द्र निधि र जानकी मन्दिरमा महन्थ रामतपेश्वर दासले बिदाई गरेका थिए ।

मुख्यमन्त्री यादवले हातमा कोसेली बोकेर जनकपुरको बिभिन्न भागको परिक्रमा गर्दै उनीहरुलाई बिदाई गरेका थिए । ‘माता सीताले ससुरालीमा नयाँ घर पाउनुभएको छ । हामी माइती पक्षका लागि यो सुखद खबर हो,’ मुख्यमन्त्री यादवले भने,‘त्यो नयाँ घरमा कुनै समानको अभाव नहोस भनेर ससुराली जनकपुरबाट कोसेली पठाइएको छ ।’

अयोध्याको राम मन्दिरमा प्रतिमा बनाउन यसअघि नेपालको कालीगण्डकीबाट दुईवटा शिला पठाइएको थियो । कालीगण्डकीबाट झिकिएको दुईवटा भिमकाय शिला कांग्रेस नेता निधिको नेतृत्वमा गत माघ १९ गते आयोध्या पुर्‍याइएको थियो ।

सीताको माइती जनकपुरबाट उनको ससुराली अयोध्या पठाइएको कोसेली करिव ५ सयभन्दा बढी थरिको रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले बताए । उनले कोसेलीमा जनकपुरवासी सबैको भावना समेटिएको बताए । ‘राम मन्दिर ट्रष्टबाट प्राणप्रतिष्ठामा सहभागी हुन आमन्त्रण गरेको छ । जनकपुर रामको ससुराली हो । खाली हात जाने कुरै भएन । त्यसैले एउटा घरमा चाहिने लगभग सबै समान लिएर अयोध्या पुगेर हस्तान्तरण गरेका छौं,’ उनले भने, ‘हामीलाई बाटोभरि सर्वसाधारणबाट थप कोसेली प्राप्त भएको थियो । ठाउँ–ठाउँमा हामीलाई हर्षउल्लासपूर्वक स्वागत गरिएको थियो ।’

कोसेलीका आकर्षण चाँदीले बनाइएको तीर–धनुष र खराउ हो । सुनचाँदीका करिब दुईदर्जन आभूषण कोसेलीमा छ । जनकपुर सुनचाँदी व्यवसायी संघको पहलमा गरगहना जुटाइएको हो । अभूषणमा तिलहरी, पोते, अंगुठी, पाउजु, मंगलसुत्र, चाँदीको थाल, गिलास, बटुको, मग, चम्चा, पुजा गर्ने भाँडाबर्तन कोसेलीमा समेटिएको छ ।

यस्तै, फलफूलमा स्याउ, सुनतला, केरा, नरिवल छ । मिथिला खानाको ब्यञ्जन पनि कोसेलीमा लगिएको छ । ठकुवा, खजुरी, पेरुकिया, पान र मखानसँगै अनेक प्रकारका कपडा र फर्निचरका सामग्री कोसेली पठाइएको हो ।

जनकपुरबाट हुलाकी राजमार्ग हुँदै बिहीबार राति वीरगन्जमा बिश्राम गरेर शुक्रबार आयोध्या पुगेका टोलीले शनिबार राम मन्दिर ट्रष्टलाई कोसेली हस्तान्तरण गरेको हो ।

 

Discussion about this post

Related Posts

मधेश सरकारमा एमाले, कांग्रेस र नेकपा सहभागी नहुने, होला त संसद् विघटन ?

मधेश सरकारमा एमाले, कांग्रेस र नेकपा सहभागी नहुने, होला त संसद् विघटन ?

सलमान खानले भने, ‘पूर्ण सुरक्षा हुँदाहुँदै पनि सधैँ डर लागिरहन्छ’

सलमान खानले भने, ‘पूर्ण सुरक्षा हुँदाहुँदै पनि सधैँ डर लागिरहन्छ’

अन्ततः ‘हनु-म्यान २’ बनाउने घोषणा, वैष्णव तेज मुख्य भूमिकामा

अन्ततः ‘हनु-म्यान २’ बनाउने घोषणा, वैष्णव तेज मुख्य भूमिकामा

शाहरुखको ‘किङ’ को ट्रेलर डिसेम्बर १४ मा आउने, छाेरी सुहाना पनि देखिने

शाहरुखको ‘किङ’ को ट्रेलर डिसेम्बर १४ मा आउने, छाेरी सुहाना पनि देखिने

३०० वर्ष पुरानो ‘बाओबाब’ रूख चोरी हुनवाट रोकियो, अब अफ्रिकामै रोपिने

३०० वर्ष पुरानो ‘बाओबाब’ रूख चोरी हुनवाट रोकियो, अब अफ्रिकामै रोपिने

हसिनाको घोषित फिर्ती अघि बंगलादेशमा सीमा सुरक्षा कडा

हसिनाको घोषित फिर्ती अघि बंगलादेशमा सीमा सुरक्षा कडा

प्रधानमन्त्री शाह आजदेखि भारतको दुईदिने भ्रमणमा जाने

प्रधानमन्त्री शाह आजदेखि भारतको दुईदिने भ्रमणमा जाने

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए पद तथा गोपनीयताको शपथ

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए पद तथा गोपनीयताको शपथ

मधेश प्रदेशस्तरीय बाल क्लब सञ्जाल गठन, अध्यक्षमा शिवकुमार सदा चयन

मधेश प्रदेशस्तरीय बाल क्लब सञ्जाल गठन, अध्यक्षमा शिवकुमार सदा चयन

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि