सप्तरी/पुस २१ गते। सप्तरीकाे ग्रामीण क्षेत्र डाक्नेश्वरी नगरपालिका ५ पातो बजारस्थित कुनाल कोल्ड स्टोर्स एण्ड होटलबाट यौन व्यवसायमा संलग्न रहेको आरोपमा २ युवतीसहित ७ जनालाई प्रहरीले पक्राउ गरको छ ।
होटलमा यौन व्यवसाय हुने गरेको सूचनाको आधारमा शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय पातोबाट खटिएको संयुक्त टोलीले होटमा छापा मारि दुई युवतीसहित सात जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका ती दुबै युवती नेपाली हुन भने पाँच जना पुरुष मध्ये दुई जना भारती नागरिक रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज न्यौपाने जानकारी दिए ।
प्रहरी आएको देखेर होटल संचालक भने फरार भएको र उनको खोजि कार्य भइरहेको उनले बताए । पक्राउ परेकाहरुलाई नियन्त्रणमा राखि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















Discussion about this post