सप्तरी/पुस २१ गते। सप्तरी प्रहरीले ठूलो परिमाणको प्रतिबन्धित लागुऔषध गाजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले शनिबार पत्रकार सम्मेलनको आयोजना गरि १ हजार ६ किलो गाजा बरामद गरेको जानकारी दिएको छ । सप्तरी प्रहरीले यति ठूलो परिमाणमा प्रतिबन्धित लागु औषध बरामद गरेको यो पहिलो पटक हो ।
विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कल्याणपुरको संयुक्त टोलीले शुक्रबार साँझ पुर्व पश्चिम राजमार्ग अन्तर्गत खड्ग नगरपालिका-७, कल्याणपुर चौकमा सवारीसाधन चेकजाँच गर्ने क्रममा सो परिमाणको गाँजा नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार धनकुटाको सहिदभुमि नगरपालिका-४ का बिशेष राईले चलाएर ल्याएको को १ ख ५८३१ नम्बरको टिपरमा लोड रहेको बालुवाभित्र २८ वटा बोरामा पोका पारी राखिएको एक हजार ६ किलो गाँजा नियन्त्रणमा लिएको हो । प्रहरीले चालक राईको साथबाट एक लाख रुपैयाँ नगद समेत बरामद गरेकाे छ ।

















Discussion about this post