पुस २१ गते। सप्तरीको राजगढबाट स्रोत नखुलेको पाँच लाख नगदसहित एक भारतीय नागरिक पक्राउ परिएका छन् ।
पक्राउ पर्नेमा भारतकाे बिहार भरफोर पञ्चायत सुब्बाटोलका संजयकुमार यादब रहेका छन् ।पक्राउ परिएका भारतीय नागरिक काे साथबाट प्रहरीले ५ लाख २९ हजार ९ सय ७० भारतीय रुपैयाँ सहित नियन्त्रणमा लिएको हाे ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी ढुण्डीराज न्यौपानेले राजगढ गाउँपालिका-२, झौराचौकमा सवारी साधन चेकजाँच गर्ने क्रममा बिआर ५० बी १५४२ नम्बरको टिभिएस मोटरसाइकलको डिक्कीमा राखेर स्रोत नखुलेको त्यतिका रकम लिएर हिडिरहेको अवस्थामा यादवलाई पक्राउ गरिएको र यश सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीकोले जनाएका छन् ।

















Discussion about this post