आज बि.सं.२०७७ साल कार्तिक १५ गते शनिबार ई. सं. २०२० अक्टुवर ३१ नेपाल सम्बत ११४० कौलाथ्व पुन्हि, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, शरद ऋतु, असोज शुक्ल पूर्णिमा , चन्द्रमा मेष राशिमा, अश्विनी नक्षत्र, सिद्धि योग, विष्टि करण । नेपालमा सूर्योदय बिहान ०६ः१४ बजे, सूर्यास्त साँझ ५ः२१ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कोजाग्रत पूणिमा परेको छ। आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर ३८ मिनेट देखि ९ बजेर २९ मिनेट सम्म छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ । अभिभावकको आशीर्वाद मनन गर्नुहोला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
अधुरो काम पूरा हनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । मौनता अपनाउनु राम्रो । पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
बोलीको प्रभाव पनि बढ्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, तपाइका साथी र आफन्तलाई ठेस पुग्न सक्छ । जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । महत्वपूर्ण अवसर गुम्न सक्छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
महत्वपूर्ण अवसर गुम्न सक्नेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ सचेत रहनुहोला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । प्रेम सम्बन्ध कसिलो होला । आज तपाईका लागि रमाइलो दिन छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धार्मिक यात्राको योग । मनमा शान्ति मिल्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा सफलता मिल्ला । स्वास्थ्यमा गगबढी ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
राम्रो सहयात्रीको मिलन हुने सम्भावना छ । बाहिर खानु अघि विचार गर्नुहोला, स्वास्थ्यमा समस्या आउँन सक्छ । अचल सम्पत्ति हात पर्ला ।
मकर(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
जग्गा खरिद विक्रीका लागि तपाईको आजको दिन शुभ हुनेछ । नाक तथा घाँटीमा समस्या आउला । मनमा प्रशन्नता । पारिवारिक कलह ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला । केटा तथा केटी साथीबाटा टाढा रहनुहोला । मनमा चिन्ता । धार्मिक यात्राबाट आनन्दी ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
शुभकार्यको चर्चा चल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ । निर्णयमा अडिक रहनुस् ।
आजको दिन सबैको शुभ रहोस
Discussion about this post