पुस १० गते। बाराबाट प्रतिबन्धित लागूऔषध सहित ४ जना पक्राउ परिएका छन् ।
ईलाका प्रहरी कार्यालय निजगढ र ईलाका प्रहरी कार्यालय सिमरा बाट खटिएको प्रहरी टाेलीले चेकजाँच गर्ने क्रममा प्रतिबन्धित लागूऔषध सहित ४ जनालाई पक्राउ गरिएका छन् ।
पक्राउ पर्नेहरुमा कलैया उपमहानगरपालिका -१ का ४३ वर्षीय जय शंकर प्रसाद यादव , २४ वर्षीय मनिष कुमार साह , निजगढ नगरपालिका -८ बुद्ध चाेकका २० वर्षीय विवेक माेक्तान र जीतपुर सिमरा उपमहानगरपालिका -१६ टांगियाका २० वर्षीय सागर तामाङलाई लागूऔषध ट्याब्लेटसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको ।
इलाका प्रहरी कार्यालय बुप्राे नाेर्फिन ३०० पिस जय शंकर प्रसाद यादव र मनिष कुमार साहलाई पक्राउ गरेको जिप्रका बाराले जनाएको छ ।
त्यस्तै इलाका प्रहरी कार्यालय निजगढबाट खटेकाे गस्ती टाेलीले निजगढ नगरपालिका -९ सहिद चाेक स्थित बजारबाट ट्रमनिल १८ पत्ता १८० ट्याबलेट प्रहरीले बरामद गरेको छ । पक्राउ परेका चारैजनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्याैपानेले जानकारी दिए ।

















Discussion about this post