जनकपुरधाम/पुस ५ गते। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्तर्घात अन्त्य गरेर कांग्रेसलाई भोलिका दिनमा भरसक ठूलो पार्टी बनाउन आह्वान गरेका छन्।
बिहीबार कांग्रेसको मधेस अधिवेशनमा सम्बोधन गर्दै उनले अहिलेको समानुपातिक र समावेशी प्रणालीका कारण कसैको पनि बहुमत आउने सम्भावना धेरै कम रहेको बताए।
अहिले कांग्रेस जसरी सबैभन्दा ठूलो पार्टी छ, आगामी दिनमा पनि ठूलो पार्टीको रुपमा स्थापित गर्न जनकपुर र मधेस प्रदेशबाटै अगाडि बढ्नेछ भन्ने विश्वास व्यक्त गरे।















Discussion about this post