पुस ४ गते। प्रतिबन्धित लागूऔषध ९ किलो गाँजा सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला मकवानपुर मनहरी गाउँपालिका वडा नं.८ बस्ने बर्ष २१ का सुवास माेक्तान र कैलास गाउँपालिका २१ बस्ने बर्ष ३० को देवराज स्याङताङ रहेका छन् ।
पथलैया काे बाराबाट खटिएको विशेष प्रहरीटाेलीले हेटौडाबाट पथलैया तर्फ आउदै गरेको बा . प. ०२-०२९ प १६०९ नं. काे माेटरसाइकललाई राेकाएर चेक जाँच गर्दा झाेलामा लुकाई छिपाई राखेको अवस्थामा गाँजा बरामद भएको हाे ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार गाडीलाई चेकजाँच गर्दा ४.५ किलोकाे दरले दुई वटा व्यागमा ९ किलो अवैध लागूऔषध गांजा बरामद गरी गाडीमा सवार २ जना मानिस सहित गाडी नियन्त्रणमा लिईको हो । दुबै जनालाई पक्राउ गरि आवश्यक कानूनी प्रकृया गरी थप अनुसान्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

















Discussion about this post