मंसिर २७ गते। पर्सा प्रहरीले वीरगन्जबाट प्रतिबन्धित लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका -१६ नगवा फूलबारी टोल बस्ने २३ वर्षीय शेख सद्दाम रहेका छन् ।
सद्दामले आफ्नै घरबाटै लागूऔषध बिक्री गर्ने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र लागूऔषध नियन्त्रण ब्युरो पर्साको संयुक्त टोलीले उनको घरमा छापामारी गरी ६ किलो ५ सय ग्राम गाँजा र २ थान तराजुसहित पक्राउ गरिएको पर्सा प्रहरीका प्रवक्ता डीएसपी कुमार बिक्रम थापाले जानकारी दिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएका छन् ।

















Discussion about this post