nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

आरती साहका श्रीमानलाई पुनः थुनामा पठाउन सर्वोच्चको आदेश

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर २०, २०८०, ९:१९ मध्यान्ह
जनकपुरकी आरतीको ह त्या की आत्मह त्या ? यसो भन्छन् माइत पक्ष हेर्नुहोस भिडियो

मंसिर २० गते । सर्वोच्च अदालतले आरती साह मृत्यु प्रकरणमा उनको पति मोतीबाबु साहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यसअघि मुद्दाको पुर्पक्षको लागि साधारण तारेखमा राख्ने गरी उच्च अदालत जनकपुरबाट असोज १८ गते भएको आदेश बदर गरिदिएको हो ।

गत जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका- ९ थापा चोकमा आरती मृत फेला परेकी थिइन्। माइती पक्षले आरतीको हत्या श्रीमान र ससुराले दाइजोको निहुँमा गरेको आरोप लगाएर मुद्दा दर्ता गरेको थियो। आरतीको हत्या गरेको भन्दै उनका श्रीमान र ससुरालाई कडा कारबाही गर्न माइती पक्षले लामो समयदेखि आन्दोलन गर्दै आएको थियो। आरतीका आमा, बुबा र बहिनी विगत ६ महिनादेखि काठमाडौंको माइतीघरमा धर्ना बसेका छन्।

धर्ना बस्दा पनि सरकारले न्याय दिन नसकेपछि मधेश प्रदेशका पूर्वन्यायाधिवक्ता दीपेन्द्र झाले सर्वोच्चमा रिट दिएका थिए। उक्त रिटमा आज बहसपछि आरतीको श्रीमानलाई थुनामा पठाउने आदेश दिएको हो। झाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सबैमा खुसीको खबर। आरती साहको मुद्दामा लामो बहसपश्चात्त उनका पति मोतीबाबु साहलाई सम्मानित सर्वोच्च अदालतले थुनामा पठाउने आदेश गरेको छ। आरती साह मुद्दामा आंशिक सफलता।’

 

आदेशमा भनिएको छ, ‘अब निज प्रतिवादीका हकमा पछि बुझिएका प्रमाणबाट ठहरे बमोजिम हुने गरी प्रस्तुत मुद्दाको किनारा नलागेसम्म मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ (१) (क) बमोजिम मुद्दाको पुर्पक्षको लागी थुनामा राखी कानुनबमोजिम गर्नु।’

प्रमाणहरूको रोहमा विचार गर्दा आरती साहको मृत्यु प्रतिवादी मोतीबाबु साहको कर्तव्यबाट भएको रहेछ भनी विश्वास गर्नु पर्ने अवस्था देखिएको अदालतको ठहर छ ।  शव परीक्षण प्रतिवेदनमा मृत्युको कारणमा झुन्डिएर (सम्भावित आत्महत्याको प्रकृति) भनी उल्लेख भएकोमा सोही प्रतिवेदनमा हाइओइड बोन थाइराइड कार्टिलेज इन्ट्याक्ट भनी उल्लेख भएकोबाट झुन्डिएर भन्ने चिकित्सकको राय पछि थप परीक्षणबाट पुष्टि नभएसम्म अकाट्य प्रमाणको रूपमा ग्रहण गर्न नसकिने अवस्था रहेको आदेशमा उल्लेख छ।

शव परीक्षण प्रतिवेदनमा सम्भावित आत्महत्याको प्रकृति भनी उल्लेख भएको विषयलाई लिएर नेपाल मेडिकल काउन्सिलबाट छानबिन हुँदा सोही काउन्सिलको च.नं. १४७/०८०/०८४ मिति २०८०।०५।०३ को पत्रबाट त्यस्तो उल्लेखन त्रुटिपूर्ण रहेको भन्ने देखिएको आदेशमा भनिएको छ। ‘घटनास्थल मुचुल्काबाट घटना भएको कोठामा भुइँदेखि छतसम्म १० फिट र पलङको सतह देखि सिलिङ फ्यानको उचाइ ७ फिट ५ इन्च रहेको देखिएकोमा मृतकले झुन्डिने प्रयोजनको लागी कुनै टुल, मेच वा अन्य वस्तु प्रयोग गरेको भन्ने पनि देखिँदै,’ आदेशमा भनिएको छ ।   मौकामा कागज गर्ने प्रदीप कुमार साह, शङ्कर कुमार साह र दिलीप कुमार यादवले पनि मृतकलाई प्रतिवादीले कर्तव्य गरी मारेकोमा विश्वास लाग्छ भन्ने ब्यहोरा लेखाएको देखिएको पनि जिकिर गरिएको छ ।

अर्का प्रतिवादी मदन मोहन साह भन्ने मदन मोहन ब्याहुत सुडीको हकमा भने मुद्दाको पुर्पक्षको लागि थुना मै राख्नु पर्ने सम्मको अवस्था नदेखिँदा १ लाख रुपैयाँ धरौटीमा गरिएको छ ।

आरतीको हत्या भएको भन्दै माइती पक्षले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरीसमेत दिएको थियो। त्यसपछि प्रहरीले आरतीका श्रीमान मोतीबाबु र ससुरा मदनमोहन ब्याहुत सुडीलाई पक्राउ गरी अनुसन्धान पनि गरेको थियो। उनीहरुविरुद्ध जिल्ला अदालत धनुषामा जिल्ला सरकारी वकिल कार्यालयले असार १ मा ज्यान सम्बन्धी मुद्दा दायर गरेको थियो।

अदालतले आरतीका पति र ससुरालाई पुर्पक्षका लागि थुनामा पनि पठाएको थियो। तर, उच्च अदालत जनकपुरधामको आदेशपछि आरतीका पति र ससुरा रिहा भए। त्यसपछि आरतीका आमा, बुबा र बहिनी काठमाडौं पुगेर धर्ना बसेका थिए।

Discussion about this post

Related Posts

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

नवनियुक्त तीन राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

नवनियुक्त तीन राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

चाडपर्वसँगै बिग्रिएको पाचन स्वास्थ्यलाई कसरी सुधार गर्ने ? जान्नुहोस्

चाडपर्वसँगै बिग्रिएको पाचन स्वास्थ्यलाई कसरी सुधार गर्ने ? जान्नुहोस्

पाकिस्तानी सेनाका पूर्व क्याप्टेन बने पृथकतावादी संगठनकाे प्रमुख

पाकिस्तानी सेनाका पूर्व क्याप्टेन बने पृथकतावादी संगठनकाे प्रमुख

चर्चित टिकटकर बुदुर पासवानको मृत्यु

चर्चित टिकटकर बुदुर पासवानको मृत्यु

उदाउँदो सूर्यलाई अर्घ दिदै छठको समापन

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि