सिरहा/मंसिर २० गते। सिरहा प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहाका लहान नगरपालिका वडा नं.७ बबाजी टाेल बस्ने २० वर्षीय अनिल कुमार दास रहेका जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
सिरहा काे भगवानुपर गाउँपालिका वडा नं.३ धाति स्थित नेपाल भारत ग्रामीण खण्डमा सिरहाबाट खटिएको संयुक्त चेकिङ टोलीले भारतबाट नेपालतर्फ आउने सवारी साधन तथा पैदल यात्रीहरूलाई चेकजाँच गर्ने क्रममा बा.२५ प.२३८३ नम्बरको माेटरसाइकललाई रोकी चेक गर्दा डाइजाेपाम ३५ एम्पुल, नाेरजेसिक ३५ एम्पुल , एभिल ३५ एम्पुल , जम्मा १०५ एम्पुल लागु औषध बरामद गरेको हाे ।
लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारवाही भैरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएका छन् ।

















Discussion about this post