जनकपुरधाम । जनकपुरधामको ख्याति प्राप्त मोनास्टिक स्कुलले ग्रेजुएशन समारोह मनाएको छ ।
विद्यार्थीहरुलाई नयाँ यात्रा, अध्ययन अध्ययापन तर्फ केन्द्रीत गर्नको लागि मोनाष्टिक स्कूलले सो समारोह मनाएको हो ।
सो क्रममा २३४ जना छात्रछात्राले मोनास्टिक प्रिस्कूल ग्रेजुएशन समारोहमा आफ्नो प्रारम्भिक शिक्षा यात्रामा महत्वपूर्ण कोसेढुङ्गाको रुपमा लिएका छन् ।
संस्थापक श्रीमती वीणा देवी, प्रिन्सिपल-निर्देशक डा. शिखा नायक र प्रबन्ध निर्देशक सोनु कुमारको नेतृत्वमा भएको यस कार्यक्रममा प्रत्येक विद्यार्थीले योग्य प्रमाणपत्र प्राप्त समेत गरेको छ ।
युवा स्नातकहरूले आफ्ना प्रतिभाहरू पनि प्रदर्शन गरेका थिए । भने सांस्कृतिक नृत्यदेखि आकर्षक नाटक, कलाकौशलातासहितको भाषणलगायतका विविध मनोरञ्जनात्मक क्रियाकलाप भएको थियो ।
यस समारोहमा शैक्षिक उपलब्धिहरू मात्र नभई मोनास्टिक प्रिस्कूलमा गरिएका विविध सीप र रचनात्मकतामा पनि जोड दिइएको थियो ।















Discussion about this post