मंसिर १८ गते। लागूऔषध सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मकवानपुर हेटाैडा उपमहानगरपालिका वडा नं.१ बस्ने २४ वर्षीय समीप श्रेष्ठ र सुवास पाैडेल , २८ वर्षीय साजन पाैडेल रहेका छन् ।
सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूराे शाखा कार्यालय पर्सा र यस कार्यालय मातहत प्रहरी चाैकी ईनर्वा पर्साबाट खटिएको संयुक्त चेकिङ्ग टाेलीले भारतबाट वीरगन्जतर्फ आउने सवारी साधन तथा पैदल यात्रीहरुलाई चेकजाँच गर्ने क्रममा उनिहरु स्कुटीमा चढेर आइरहेकै वेला प्रहरीले राेकाएर खान तलासी गर्दा उनीहरुकाे साथबाट लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
चेकजाँच गर्दा सुवास काे साथबाट खैराे हिराेइन जस्तो देखिने सेताे पदार्थ ०.६२० मि. ग्राम फेला परेको हाे र अरु काे साथबाट नाईट्राजेपाम नाइजा एक्यान प्रति पत्ता १० ट्यावलेटका दरले ७ पत्तामा ७० पिस बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएका छन् ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















Discussion about this post